शनिबार, साउन १२, २०८१

बिप्लबको पाटि नेकपाले संसदीय चुनावमा भाग नलिने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ ।

तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको पार्टीले जनाएको छ ।

बैठकका निर्णय काठमाडौंमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने नेताहरुले बताएका छन् । दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयलाई देशैभर बहसको रुपमा लगेर माहोल बनाइने नेकपाको तयारी छ । यदि, जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ ।

यस्तै यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत भएको नेताहरुले बताएका छन् । पार्टी स्थापना दिवसको उपलक्ष्यमा नेकपाले मंसिर ८ गते काठमाडौंमा बृहत् आमसभा गर्ने जनाएको छ । नेकपाले आगामी फागुनमा पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।इमेज खबर बाट साभार।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal