शनिबार, साउन १२, २०८१

चितवनका केदार प्रसाद शर्मालाई मुल प्रबाह काेचिन नगर समितिले उद्दार गर्‍यो

जनक बिसि काेचिनबाट

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले भरतपुर चितवन निवासी वर्ष ५४ का केदार शर्मा सुवेदीलाई दाेस्रो चरणको लकडाउन अवस्थामा नेपालबाट गाेरखपुर आई राप्ती सागर एक्प्रेशबाट केरलकाे राजधानी त्रिवेन्द्रममा पुगेका र आफन्त बिना उनको अवस्थामा बिचल्ली हुँदै गएपछि काेचिन जिल्लाकाे एर्णाकुलममा फर्केका पिडित कदार शर्मा महिनाै लामो समय फुटपाते जीवन बिताउन बाद्यय हुनु पर्‍यो । दिनभरि शहरका गल्ली गल्लीमा हिडडुल , आर्थिक अभाव भारत सरकारकाे रेल्वे डिपार्टमेन्टले बितरण गरेकाे खाना खाएर रातमा फुटपात सडकपेटिमा सुतेर दिनचर्या बिताएका पिडित शर्मालाई गल्लीका “खाते” हरुले आफ्नो पासमा रहेको कपडा सहितकाे झाेला नेपाली नागरिकता प्रमाणपत्र पासमा भएको थाेरै पैसा समेत लुटेर झाेला कपडाहरु फाेहाेर पानी बग्ने नदि रुपि ठुलाे नालामा फालिदिएकाे र कुटपिटबाट घाईते पिडितलाई मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर सदस्य जगत साँरु मगरले फेला पार्नु भएको थियाे । तत: पस्चात काेचिन नगर उपाध्यक्ष बावुराम केसिकाे उपस्थितिमा पिडितलाई भेटेर उद्दार गर्नु सँगै राेजगारिकाे पहल गरि चन्द्रबहादुर नेपालीकाे साथमा काम लगाई दिई सहयोग पुराउने काम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal