शनिबार, साउन १२, २०८१

अपाङ्गता पुनर्स्थापना गर्नका लागी प्युठानमा प्य्लेट्फर्म गठन

जुमान सिंह के सीअसोज १०, प्युठान ।
र्राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा प्युठान नगरपालिकामा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन गरिएको छ।
सबै प्रकारको अपाङ्गता भएका ब्यक्तिहरुको पुनर्स्थापनाका सवालहरुलाई सम्बोधन गर्नका लागि प्लेटफर्म गठन गरिएको हो।
अपाङ्गता सम्बन्धि कार्यगर्ने संघ, संजालका प्रतिनिधि, स्थानीय अपाङ्गता परिचयपत्र सिफारिस समिती र सरोकारवाला निकायको सहभागितामा कार्यक्रम गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य रहनु भएको थियो कार्यक्रममा बोल्दै आचार्यले अपाङ्गता भएका ब्यक्तिहरुको हित र बिकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरेको भन्दै कहाँ अपुग र ग्याब छ त्यो सुझाव दिन आग्रह गर्नु भएको थियो। उहाले ग र घ बर्ग का अपाङ्गता भएका ब्यक्तिलाई समेत मासिक सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिएको बताउनु भयो। हामी हरेक भौतिक संरचना अपाङ्गमैत्री बनाउन लागि परेको भन्दै अन्य अपाङ्गता भएका ब्यक्तिको हित र बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो। समितिलाई साझा सवाल पहिचान गरि सुझाव दिन समेत उहाँले आग्रह गर्नु भएको थियो।
अपाङ्गता भएका ब्यक्तिलाई समाजमा सक्रिय जीवन निर्वाह गर्नको लागि गरिने चिकित्साजन्य सेवा,औषधि उपचार, सीप तथा तालिम, स्याहार सेवा ,परामर्श सेवा, शिक्षा तथा आर्थिक उपार्जानका कार्यक्रम लागाएतका माध्यमबाट पुनर्स्थापना गर्न सकिने उदेश्य राखी कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
पुनर्स्थापना सम्बन्धि सबै सरोकारवाला निकायले ध्यान दिन सकेमा अपाङ्गताका समस्याहरुलाई निराकरण तथा न्यूनीकरण गर्न सकिने प्रदेश पुनर्स्थापना कार्यक्रम अधिकृत सिर्जना लम्साल पन्थीले बताउनु भयो।
अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना सेवा एकीकृत गर्न,स्थानीय तहको नीति,योजना र बजेट बिनियोजनका लागी वकालत गर्ने, समस्याको पहिचान गर्नको लागि पनि समिति अबस्यक रहेको र्राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेशका सचीव हुमनाथ अधिकारीले वताउनु भयो। साथै महासंघको पहल र पैरवीका कारण कतिपय महत्त्वपूर्ण उपलब्धि समेत हासिल भएको बताउनु भयो।
सहभागीहरुले अझै पनि अपाङ्गता भएका ब्यक्तिले न्युनतम सेवा तथा अधिकार पाउन नसकेको भन्दै प्रभावकारी कार्यनयनमा जोड दिनु पर्ने सुझाव दिएका थिए।साथै स्थानीय तहमा स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि प्रभावकारी कार्यक्रमका लागि सम्बन्धितको ध्यानाकर्षण समेत गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा पुनर्स्थापना सेवा, पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानीय तहमा निति तथा कार्यक्रमको बारेमा वकालत तथा पैरवी,स्वास्थ्य र पुनर्स्थापनामा पहुँचको लागि वकालतको आवश्यकता,स्वास्थ्य र पुनर्स्थापना सेवा प्रवर्द्धनका लागि सरोकारवालाको भुमिका लगाएत विषयमा पुनर्स्थापना कार्यक्रम अधिकृत सिर्जना पन्थीले लम्सालले प्रस्तुतीकरण गर्नु भएको थियो।
कार्यक्रममा लोकराज भुसालको अध्यक्षतामा विभिन्न क्षत्रका प्रतिनिधि रहेको ११ सदस्य समिति गठन गरिएको छ।
कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश सचीव हुमनाथ अधिकारिले गर्नु भएको थियो भने सञ्चालन जुमान सिंह के सी ले गर्नु भएको हो।
र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजना एच.आई. को सहयोगमा नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal