शनिबार, साउन १२, २०८१

खतरा बन्दै सेतो पुतली अर्घाखाँचीकि बालिका बिपिसाको एक आखाको ज्योति गुमेयो

दीपेन्द्र सुनार असोज १० उमेरले भर्खर नौ महिनामा लागेकी अर्घाखाँचीकि बालिका बिपिसा बि क को सेतो पुतली को झुस आखामा बिझदा एक आखाको ज्योति नै गुमेको छ।
जिल्ला को मालारानी गाउँपालिका वार्ड न ६ लम्धारा निवासी बुबा जंग बहादुर बि क र आमा सरस्वता बि क कि पाचौ सन्तानको रुपमा जन्मिएकी बिपिसा हिडने र बोल्ने अबस्थामा नपुग्दै एक आखा को ज्योति नै गुमेपछी परिवारको खुसियाली नै हराएको छ।
गत असोज ३ गते एक्कासि बिपिसाको आखामा एक्कासी पुतली को झुस बिझेको थियो । अर्को दिन ४ गते उनलाई जिल्ला अस्पताल अर्घाखाँची मा लगिएपनी अस्पतालले तुरुन्तै भैरहवा लैजान भन्दै रिफर गरेको थियो। बि क लाई भैरहवा युनिभर्सल मेडिकल कलेज सम्म त पुर्याइयो तर डाक्टरले आखाको अप्रेसन गर्नु पर्ने तर अप्रेसन गरेपनी आखाको नानी बचाउन सकिने तर ज्योति पर्खाउन कठिन हुने सल्लाह दिए पनि छोरी बिपिसाको आखा को ज्योति फर्किन्छ कि भन्ने ठूलो आसका साथ बिपिसाको आखाको अप्रेसन गरिएको थियो।
तर छोरी बिपिसाको जिन्दगी मा बालुवा मा पानी राखे जस्तै भैदियो । अप्रेसन त सफल भयो आखाको नानी पनि बचेयो तर एक आखाको ज्योति भने फर्किन सकेन ।
पछि अप्रेसन गरे पश्चात् पनि आँखा सानो र रातो हुँदै गएपछी बिपिसाले एउटा आखाले कुनै चिज देख्न छोडेपछी केही सीप नलाग्दा आज करिब १ हप्ता पछी घर फर्काइएको बिपिसाकी आमा सरस्वता बि क ले बताइकी छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal