शनिबार, साउन १२, २०८१

अखिल छैठौं प्युठानको जिल्ला सम्मेलन जुम्रीमा सम्पन्न अध्यक्षमा नवीन केसि निर्वाचित

 

जुमान सिंह के सी प्युठान ।

अखिल नेपाल र्राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (छैठौं) प्युठानको १९ औ एतिहासिक जिल्ला सम्मेलन जुम्री प्युठानमा सम्पन्न भएको छ।
अखिल नेपाल र्राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (छैठौं) का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवरले सम्मेलनको मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो।
” शैक्षिक विकृति,संघीयता र MCC बिरुद्ध हाम्रो आन्दोलन, बैज्ञानिक, ब्यबहारिक र सर्वशुलभ शिक्षाका लागि १९ औ जिल्ला सम्मेलन” भन्ने नाराका साथ अखिल छैठौंले जिल्ला सम्मेलन गरेको छ।
सम्मेलनका प्रमुख अतिथि तथा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवरले समाजको विकृति र बिसङ्ती हरुको अन्त्य गर्नका लागि बिद्यार्थीहरु एक जुट हुनु पर्ने बताउनु भएको छ। समाजमा अझै पनि अन्याय, अत्याचार, शोषण कयमै रहेको भन्दै शोषित उत्पीडित युवा बिद्यार्थीको शसक्त आवज निकाल्नु जरिरी रहेको बताउनु भयो। यो समाजलाई राम्रो बनाउनको लागि अहिलेको शिक्षा ब्यबहारिक नभएकोले बिरोजगार उत्पादनको कारखाना मात्र भएकोले वर्तमान अवस्थामा हाम्रो माग पूरा गर्न नसक्ने बताउनु भयो। देशको उज्ज्वल भविष्य निर्माणका निम्ति, हामी कर्णधार बन्न र बनाउनको निम्ति सबै एक जुट भएर आगडी बढ्नुको विकल्प नभएको समेत उल्लेख गर्नु भयो।
अन्य पार्टीका विद्यार्थी संघ,संगठनहरु झुठो खेती गर्दै हिडेको, आफ्नो पार्टी सरकारमा रहदा गर्ने गलत कामको मौन समर्थन गर्ने गरेको आरोप लगाउदै, सदावार रूपमा आम विद्यार्थीको हकहित तथा आधिकारको निम्ति अखिल छैठौ मात्र विद्यार्थीको अभिभावक संगठन भएकोले एसैमा गोलबन्द हुन आग्रह गर्नु भयो। हरेक आन्दोलनमा हाम्रो महत्त्वपूर्ण भुमिका भएपनि विद्यार्थीका समस्याको बारेमा सरकार बेखबर हुने गरेको बताउनु भयो।
त्यसै गरि सम्मेलनका बिशिस्ट अतिथि र्राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले देशलाई हाक्ने ,शैक्षिक आन्दोलनलाई हाक्ने युवा बिद्यार्थी नै भएको बताउनु भएको छ।
नेपाल तथा बिश्वब्यापी रुपमा हेर्दा ठुला ठुला आन्दोलनमा बिद्यार्थीको ज्यादै ठुलो लगानी हुने गरेको भन्दै विद्यार्थीले देश तथा बिश्वमा के भैइरएको छ त्यो बुझ्न अझ जरुरी रहेको बताउनु भयो। विद्यार्थी भनेको सिक्ने बुझ्ने, सहि र गलतलाई छुट्टाउनु पर्ने बताउदै सहि सिद्धान्त बोकेको पार्टी र्राष्ट्रिय जनमोर्चा भएकोले अखिल छैठौंमा गोल बन्द हुन आग्रह गर्नु भयो।
अहिले देश अत्यन्तै खतरामा छ, अझै पनि प्रतिगमन समाप्त नभएको र एम सि सि ल्याउनमा ठुलो शडेन्द्र भैरहेको भन्दै एम सी सी नेपालको हितमा नभएकोले खारेज गर्नका लागि अवाज बुलन्द गर्न अपिल सामेत गर्नु भएको थियो।
शुभकामना मन्त्बय दिनेहरुमा
र्राष्ट्रिय जनमोर्चा जिल्ला सचीव बिदुर मल्ल,अखिल नेपाल महिला संघका पद्मा पन्डित, प्रगतिशिल पत्रकार संघका अध्यक्ष प्रज्वल पहाडि, अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य खिम ब बिकले सुभकमना मन्यब्य दिनु भएको थियो। सम्मेलनमा राजमोका लुम्बिनी प्रदेश सह सचीव केशवराज आचर्य, आजमोका धुर्व थापा, अन्टुकका सुरेस श्रेष्ठ, अखिल नेपाल युबक संघका खगा राना, अखिल छैठौ रुपन्देही सह सचीव टेकराज भुसाल लगाएको आतिथ्यता रहेको थियो।
कार्यक्रमको संचालन सचीव केशव बुढाथोकी, स्वागत नवीन के सी र अध्यक्षता जिल्ला अध्यक्ष चोप बहादुर बि क ले गर्नु भएको थियो।
सम्मेलनलनको बन्दसत्रले नवीन के सी को अध्यक्षतामा १९ सदस्य रहेको अखिल छैठौं जिल्ला समिति चयन गरेको छ जसको उपाध्यक्ष सरास्वती पौडेल,सचीव केशव बुढाथोकी,कोषध्यक्ष लक्षमन पुन,सह सचीव सुनिता भण्डारी लगएतका रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal