मङ्लबार, फाल्गुन ५, २०८२

फूटपरस्त गतिविधिको विरुद्धमा मूल प्रवाहका ११ क्षेत्रीय समिति र २ राज्य समितिद्वारा खण्डन

धनवीर पुन
नयाँ दिल्ली । फूटपरस्त गतिविधिमा संलग्न भएका कारणले संगठनको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा मूल प्रवाहको नाममा सम्पन्न भएको भनिएको कथित भेलाको खण्डन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ११ क्षेत्रीय समितिहरु र २ राज्य समितिहरुले छुट्टाछुट्टै प्रेस वक्तव्य जारि गरेका छन् ।
समाजको दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा र सचिव जनकराज पौडेलले छुट्टछुट्टै वक्तव्य जारि गरि ४ जुलाईमा सम्पन्न भेलाबाट चयन गरिएको समिति नै मूल प्रवाहको आधिकारिक केन्द्रीय समिति भएको बताउनु भएको छ । दक्षिण भारत क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसका साथै थापा र पौडेलले अराजक तत्वहरुले भारतका विभिन्न स्थानमा छर्दै आएको भ्रममा नपर्न मूल प्रवाहका आम समर्थकहरुसम्मलाई अनुरोध गर्नुभएको छ । त्यसप्रकारका गतिविधिमा संलग्न व्यक्तिहरुका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न समेत थापा र पौडेलले मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ । थापा र पौडेलले ६ अक्टुबरका दिन छुट्टाछुट्टै वक्तव्य जारि गर्नुभएको थियो ।
त्यसैगरि मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले ६ अक्टुबरका दिन वक्तव्य गरि साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाम र झण्डाको दुरुपयोग गरि अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । फूटपरस्त तत्वहरुले गरेको भ्रमपूर्ण गतिविधिको भण्डाफोर गर्न पौडेलले संगठनका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ । पौडेलले विज्ञप्तीमा मध्य दक्षिण क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यस्तै सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा र सचिव त्रिभुवन भट्टराईले ६ अक्टुबरका दिन संयुक्त विज्ञप्ती जारि गरि फूटपरस्त तथा अराजक तत्वहरुद्वारा आयोजित भेलाको खण्डन गर्नुभएको छ । अराजक तथा फूटपरस्त तत्वहरुले आफ्नो निहित स्वार्थका लागि भारत प्रवासमा रहेका श्रमजिवी नेपालीहरुको आस्थाको धरोहरमाथि नै हमला गर्ने कोशिस गरेको विज्ञप्तीमा उल्लेख छ । भारत प्रवासमा रहेका सम्पूर्ण श्रमजिवीहरुलाई फूटपरस्तहरुको भ्रममा नपर्न पनि विज्ञप्त मार्फत अनुरोध गर्नुभएको छ । सापकोटा र भट्टराईले विज्ञप्तीमा सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरि पश्चिमोत्तर क्षेत्रीय समितिका का.वा. अध्यक्ष विक्रमसिंह राणले ६ अक्टुबरका दिन एक विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । राणाले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ । साथै राणाले अराजक तथा फूटपरस्त तत्वहरुले सञ्चालन गरेको गुटगत गतिविधि हुँदै अब फूटमा परिणत भएकोले उनीहरुले संगठनमाथि हमाले गरेको बताउनु भएको छ। उनीहरुको भ्रममा नपर्न राणाले मूल प्रवाहका सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ ।
त्यसैगरि पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्कीले ६ अक्टुबरका दिन वक्तव्य गरि साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाम र झण्डाको दुरुपयोग गरि अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । कार्कीले विज्ञप्तीमा पश्चिम भारत क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यस्तैगरि मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष वेलबहादुर रजालीले ६ अक्टुबरका दिन एक विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । रजालीले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरि मध्य पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष खुम बहादुर पुनले अराजक तत्वहरुले मूल प्रवाहको नाममा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । भारतका विभिन्न स्थानमा छर्दै आएको भ्रममा नपर्न र त्यसप्रकारका गतिविधिमा संलग्न व्यक्तिहरुका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न अध्यक्ष पुनले निर्देशन गर्नुभएको छ । पुनले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यस्तैगरि पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्मा र सचिव गिरीराज परियारले ६ अक्टुबरका दिन संयुक्त विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । शर्मा र परियारले विज्ञप्तीमा सिंगो पूर्वी भारत क्षेत्रीय समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरि पूर्वोत्तर भारत क्षेत्रीय समितिका अध्यक्ष हिमलाल सापकोटाले ६ अक्टोबरका दिन विज्ञप्ती जारीगरि अराजक तथा फूटपरस्त तत्वहरुले गोखरपुरमा गरिएको भेलालाई अवैधानिक भएको भन्दै खण्डन गर्नुभएको छ । सापकोटाले फूटपरस्त तत्वहरुको चलाएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । साथै दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै पूर्वोत्तर भारत क्षेत्रीय समिति प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरि मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटाले मध्य भारत क्षेत्रीय समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ । ७ अक्टुबरका दिन एक विज्ञप्ती जारि गर्दै सापकोटाले अराजक तथा फूटपरस्त गतिविधिमा संलग्न भएको कारणले संगठनको साधारण सदस्य समेत नरहने गरि निश्काशित व्यक्तिहरुद्वारा प्रायोजित भेला अवैधानि रहेको बताउनु भएको छ । सम्पूर्ण मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुलाई अतराजक तत्वहरुले सञ्चालन गरेको फूटपरस्त गतिविधिमा संलग्न नहुन समेत अपिल गर्नुभएको छ ।
त्यसैगरि उत्तर भारत राज्य समितिका अध्यक्ष रामप्रसाद बस्यालले फूटपरस्त तत्वहरुले सम्पन्न गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । बस्यालले ७ अक्टुबरका दिन विज्ञप्ती जारि गरि सो खण्डन गर्नुभएको हो । बस्यालले अराजकतपूर्ण गतिविधि गर्नेहरुको पक्षमा उत्तर भारत क्षेत्रीय समिति नरहने बताउनुभएको छ ।
त्यसैगरि ४–५ अक्टोबरका दिन गोरखपुरमा मूल प्रवाहको नाममा गरिएको कथित भेलाको हिमांचल राज्य समितिका अध्यक्ष शोभाखर पन्थले खण्डन गर्नुभएको छ । साथै पन्थले सिंगो हिमांचल राज्य समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।
त्यसैगरि उत्तराखण्ड राज्य समितिका अध्यक्ष टेकप्रसाद कंडेलले गोरखपुरमा मूल प्रवाहको नाममा गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । साथै कंडेलले सिंगो उत्तराखण्ड राज्य समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal