शनिबार, साउन १२, २०८१

अनेरास्ववियु (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर, महासचिव सुवाश जिसी निर्वाचित

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा निर्वाचित गरेको छ भने कोषाध्यक्षमा प्रतिभा आचार्य चयन हुनुभएको छ ।

सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन हुनुभएको छ । सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहनुभएको छ ।

सम्मेलनले लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई सल्लाहकारमा चयन हुनुभएको छ ।

 

‘राष्ट्रियताको रक्षा र मौलिक आन्दोलनका लागि हाम्रो आन्दोलन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २२ औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ असोज २२ गतेदेखि बुटवलमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन गर्नुका साथै विशेष प्रस्तावहरु पारित गरेको छ । यस्तै सम्मेलनले आगामि कार्यक्रम पनि तय गरेको छ ।

आज घोषणा सभासहित २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न हुने अखिल (छैठौं) ले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal