शनिबार, साउन १२, २०८१

पुर्कोटदहमा पोख्रेली गेस्टहाउस संचालनमा आयो , अध्यक्ष दान बहादुर केसि द्वारा उद्घाटन

 

गुल्मी जिल्लाको सुदुर गाउँ मदाने गाउंपालिकाको पुर्कोट दह गुल्मिमा सुबिधा सम्पन्न पोख्रेली गेस्ट हाउस मदाने गाउंपालिकाका अध्यक्ष दान बहादुर केसिले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ,मैन बत्ती बालेर र रिबन काटेर उहाँले पोख्रेली गेस्ट हाउसको उद्घाटन गर्नुभएको थियो।उद्घाटन मनतब्य राख्दै उहाँले मदाने गाउंपालिकाको केन्द्र पुर्कोटदहमा यहि बस्नी मानिसहरु गेस्ट हाउस अभाव हुंदा तम्घास र प्युठानको मच्छी गएर बस्ने गरेको र अब त्यो अभाब अन्त्य भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रमको संचालन बिरेन्द्र केसिले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रममा मदाने गाउंपालिका सातका वडा अध्यक्ष कासी बहादुर बोहोरा मादाने छका अध्यक्ष तोकम कुंवर सम्मानित ब्याक्तीत्त्व चक्र बहादुर कुंवर बौद्धिक ब्याक्तीत्वहरु भोज बहादुर कुंवर ,पृथ्वी कुंवर लगायत अन्य बौद्धिक ब्याक्तीत्व कर्मचारी सिक्षक सुरक्षाकर्मिका अधिकारिहरुको उपस्थिति थियो ,।

उक्त गेस्ट हाउसमा अटेज बाथरुमसहितका कोठाहरु उपलब्ध छन भ्स्ने तातो चिसो पानीका साथै ,विभिन्न खानाका परिकारहरुको ब्यबस्था गरिएको होटेल संचालक राम प्रसाद पोख्रेलले झिमरुक पोस्टलाई बताए। गेस्ट हाउसमा नास्तामा मम, चाउमिन,खसिका मासु भिभिन्न परिकारमा, तन्दुरी रोटि लगायत गाह्राकहरुको ध्यानमा राखेर थप सुबिधा थप्दै जानेसमेत होटल संचालक राम प्रसाद पोख्रेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal