
टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । जीतमा कप्तान बाबर आजमले शानदार ब्याटिङ गर्दै ५१ रन बनाए । उनी कप्तानका रुपमा पाकिस्तानका लागि टी–२० खेलमा १ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । कप्तानका रुपमा उनले यो १३ औँ अर्धशतक थियो । बाबरले सबैभन्दा चाँडो एक हजार रन बनाउने मामिलामा विराट कोहलीलाई पनि उछिनेका छन् । बाबरले मात्र २६ इनिङमा यो उपलब्धि हासिल गरेका हुन् भने भारतीय कप्तान कोहलीलाई १ हजार रन पुरा गर्न ३० इनिङ लागेको थियो ।