शनिबार, साउन १२, २०८१

गुल्मीको मदाने गाउँपालिकामा एक हप्ते मदाने प्याराग्लाइडिङ महोत्सव सुरु

गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा एक हप्ते मदाने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा क्लवको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा प्याराग्लाइडिङ महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार प्याराग्लाइडिङ महोत्सवको कार्यक्रमका प्रमुख
अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले एक कार्यक्रमका साथ उद्धघाटन गरेका छन् ।
प्याराग्लाइडिङ महोत्सवले गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानलाई निरन्तरता दिन सकेमा गाउँपालिकाले आर्थिक लाभ लिन सक्ने भएकाले महोत्सवलाई सफलताको शुभकामना प्रमुख अतिथि पराजुलीले दिए ।

प्याराग्लाइडिङमा उडेर मदाने गाउँपालिकाका दृश्य संगै रमाउँदै गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेल प्याराग्लाइडिङ महोत्सव मदाने २ बाँझकटेरीमा कार्तिक ११ गते देखी १९ गते सम्म हुनेछ । ११ र १२ गते प्याराग्लाइडिङको परिक्षण गरिएको छ । शुक्रबार पनि प्याराग्लाइडिङ उडान गरिएको छ । प्याराग्लाइडिङ बाँझकटेरीको थामकोटबाट उडेर सिर्सेनी म्यालपोखरी आडचौरमा अबरण गर्ने ब्याबस्था मिलाईएको मदाने गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए ।

प्याराग्लाइडिङ उडानको लागी प्रतिव्याक्ती दुई हजार तोकिएको छ । प्याराग्लाइडिङमा उडेपछी कंके देउराली, मदाने लेक,टोप्रे लेक ,मालिका,सुन्दर हिमालका दृश्य, पनाहा खोला,सुन्दर बस्ती लगाएतका बिभिन्न महत्व बोकेका पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन गर्न सकिने छ । प्याराग्लाइडिङ उडानलाई यो समय उचित र नेपालका १० स्थान मध्ये मदाने गाउँपालिका पनि एक रहेको स्काई लाइन प्याराग्लाइडिङका
संचालक तथा पाइलट भुवन गाहाले जानाकारी दिए ।

यो स्थान प्याराग्लाइडिङ उडानको लागी पोखरा भन्दा आकर्षक रहेको रउडानलाई निरन्तरता दिन सके व्यावसायिक रुपमा प्याराग्लाइडिङ संचालन गर्न सकिने पाइलट गाहाले बताए ।
प्याराग्लाइडिङ कार्तिक १३ गतेदेखी १९ गते सम्म दैनिक उडान हुनेछ । दैनिक पाँच जना पाइलटले ३० देखी ४० जना उडाउन सक्ने पाइलटले बताएका छन् । प्याराग्लाइडिङ बाट गाउँपालिका संगै छिमेकी स्थानीय तहका पर्यटकीय संगै धार्मीक स्थलको दृश्यावलोकन गर्ने सकिने छ । गाउँपालिकाको कथुरे डाडाँबाट २०७६ सालमा गुल्मीमै पहिलोपटक प्याराग्लाइडिङको सफल परिक्षण गरिएको थियो । छड्के न्युजबाट साभार ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal