बिहिबार, चैत्र १५, २०८०

सरकार र बिप्लव बिच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं
२०७७ फाल्गुण १९ बुधबार
सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माकाे संयोजकत्वमा मङ्गलबार अलग-अलग वार्ता समिति सार्वजनिक भएको थियो ।

हिंसात्मक गतिविधि गरेको भन्दै दुई वर्षअघि विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएका प्रधानमन्त्री केपी ओलीले विप्लवकै पूर्वसहकर्मीसमेत रहेको गृहमन्त्री रामबहादुर थापालाई वार्ता टोलीको संयोजक बनाएका छन् ।

मंगलबार घोषणा भएको सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् । नेकपा विभाजनपछि ओली पूर्वमाओवादीसँग सहकार्य बढाएर प्रचण्डमाथि दबाब बनाउने रणनीतिमा छन् । नेकपा विभाजनअगाडिसम्म ओली विप्लव नेकपासँग अनुदार थिए । आजको नयाँ पत्रीका अन्लाईनमा खबर छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal