बिहिबार, बैशाख १३, २०८१

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध ६ विद्यार्थी संगठन एकजुट

२०७८ कार्तिक १३

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति निकालेर बिरोध जनायकाछन ।

प्रेस वक्तव्य

संयुक्त विद्यार्थी आन्दोलन शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसंगतिको अन्त्यका साथ राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि र महँगी एवम् भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्षरत रहदै आएको कुरा सबैमा सर्वविधितै छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मुल्यबृद्धिले आम नेपाली जनजिवनमा सृजना गरेको कठिन परिस्थिति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मुल्यबृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ । बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको ब्यापारीको जस्तो भुमिका प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तरास्ट्रिय बजारको मुल्य समायोजनको हवाला दिँदै एकोहोरो रुपमा गरिएको मुल्य बृद्धिप्रति संयुक्त बिध्यार्थी संगठन घोर भर्त्सना गर्दछौं । यसर्थ पटक पटक र पछिल्लो पटक गएराति १२ बजेबाट लागु हुने गरि भन्दै गरिएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने जानकारी गराउन चाहन्छौं ।

पञ्चा सिंह अध्यक्ष अखिल (क्रान्तिकारी)

सुदेश पराजुली अध्यक्ष अनेरास्ववियू

रुपनारायण श्रेष्ठ अध्यक्ष समाजवादी बिध्यार्थी यूनियन

देवेन्द्र कुँवर अध्यक्ष अखिल छैठौं

प्रकाश शाही अध्यक्ष अखिल (क्रान्तिकारी)

हरिकृष्ण गजुरेल अध्यक्ष अखिल (क्रान्तिकारी)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?