शनिबार, साउन १२, २०८१

दोहोरीको च्याम्पियन’ बने प्रकाश र मीनाको समूह

नेपाल टेलिभिजनबाट प्रस्तुत हुने दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले हात पारेको छ ।

शनिबार साँझ पोखरामा आयोजित फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पार्न सफल भएको हो ।

भोटको आधारमा पछि परेको बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

उपाधि जित्न सफल प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

दोस्रो भएको बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

तृतीय स्थान हासिल गर्न सफल भएको सविन आचार्य र रीता रावतको समूह तीन लाख र सान्त्वनामा राजेन्द्र र मीनाको समूह दुई लाख पुरस्कार राशी हात पारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए भने गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालन गर्दै आएका थिए ।

शनिबार राति ८ः५० बजे नेपाल टेलिभिजनबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal