![](https://jhimrukpost.com/wp-content/uploads/2021/11/received_1186191021873783.gif)
जुमान सिंह के सी कार्तिक १७ प्युठान,
लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको २०७८ मा वास्तविक तथ्यांक ल्याउनु पर्नेमा जोड दिएका छ्न।
अपाङ्गता भएका ब्यक्तिको सवालमा सम्बन्धित निकायले महत्त्व नदिदा बिगतमा समस्या उत्पन्न भएको भन्दै समयमै चनाखो हुनु पर्ने बताएका हुन।
बुधबार लुम्बिनी प्रदेशमा अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) र जिल्ला सम्पर्क ब्यक्ति र महिला दौँतरी परामर्शदाताको संयुक्त बैठकमा उक्त आवाज आएको हो।
हो!हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य दोस्रो चरणको परियोजना अन्तरगत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति, प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समिति र महिला दौँतरी परामर्शदाता हरुको सहभागितामा बैठक सम्पन्न भएको छ।
अपाङ्गता समावेशी प्रणाली, प्रक्रिया र स्थापना गर्न यो परियोजनाको मुख्य ध्य्य रहेको र सोही अनुसरण दोस्रो चरणको कामलाई निरन्तरता दिन लागिएको लुम्बिनी प्रदेश संयोजक बिमला नेपालले वताउनु भयो ।
अपाङ्गता भएका ब्यक्तिको अवस्था, अब दोस्रो चरणमा गरिने कामको जानकारी तथा जिल्ला सम्पर्क ब्यक्ति र महिला दौँतरी परामर्शदाताको काम कर्तव्य, स्वास्थ्य तथा खोपमा पहुँच, लगाएतका विषयमा हो! हामी सक्छौं परियोजनाका र्राष्ट्रिय संयोजक किशोर रिजालले जानकारी गराउनु भएको थियो।
र्राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनगणना २०७८मा अपाङ्गता भएका ब्यक्तिको वास्तविक तथ्यांक ल्याउनका लागि गरिएका पहल र अन्य संघ सस्थाले गर्नु पर्ने भुमिकाको बारेमा र्राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयका परियोजना संयोजक सीता अर्यालले जानकारी गराउनु भएको हो।
छलफलमा सबै जिल्लामा जनगणनालाई तथ्य रुपमा ल्याउनको लागि सबै सरोकारवालाहरुको योगदान रहनु पर्नेमा सबैको जोड रहेको थियो।
भर्चुअलको माध्यमबाट भएको कार्यक्रमको अध्यक्षता प्रदेश अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका अध्यक्ष देविदत्त आचार्यले गर्नु भएको थियो भने सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपालका प्रदेश सचीव हुमनाथ अधिकारीले गर्नु भएको हो।
र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल, कुस्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखाको आयोजना तथा बिश्व स्वास्थ्य संगठन नेपालको सहयोग रहेको छ।