शनिबार, साउन १२, २०८१

मध्यपश्चिम भारत क्षेत्रीय समिती अन्तर्गगत मूल प्रवाहको संगठन बिस्तारमा तिवर्ता

प्रेम पौडेल

केही दिन अगाडि मात्र मुम्बई को बान्द्र , कल्याण र नासिकमा केन्द्रिय समितिका महासचिब ठाकुर खनाल सदस्यहरु गोबिन्द थापा टंक कुवरको उपस्थितिमा नया नगर समिती गठन भएको मध्य पश्चिम भारत क्षेत्रीय समितिमा यहि ४ अक्टोबर २०२१ कादिन महाराष्ट्रको पुना उपमहानगर पालिकामा केन्द्रिय समितिका उपाध्यक्ष प्रेम पौडेल र मध्य पश्चिम भारत क्षेत्रीय सदस्य तथा पुना उपमहानगर पालिका इन्चार्ज सेर बहादुर पुलामिको पहलमा पुना पश्चिम् नगर समितिको गठन भएको छ ।

धन सिंह राहाडीको अध्यक्षता , सहिदहरुप्रती एक मिनटको मौन धारण , गरेपछि ,बिष्णु पुलामिको स्वागत भाषण , महेन्द्र थापाको सन्चालनमा अगाडि बढेको भेलाको उद्घघाटन केन्द्रिय समितिका उपाध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो ।आफ्नो उद्घघाटन मन्तब्यमा प्रेम पौडेलले मूल प्रवाहको बिगत ४३ बर्षको सङठनात्मक र संघर्ष को इतिहास , भारतमा नेपालिहरुको अबस्था, देशको बर्तमान राजनैतिक परिस्थिति , मूल प्रवाहको नेपालको राजनैतिक आन्दोलनन प्रतिको भूमिका बारेमा प्रस्ट्याउदै मूल प्रवाहको अहिले सम्मको ईतिहास संघर्षसै संघर्षको इतिहस रहेको र मूल प्रवाहलाइ भारत ब्यापी स्थापित गर्ने अभियानमा हामिले कैयौं होनाहर नेतृत्वकर्ता गुमाउनु परेको तितो यथार्थ स्मरण गर्दै दर्जनौ सहिदको रगत र हजारौ नेता कार्यकर्तको पसिनाले सिंचियको भारत स्थित नेपाली हरुको हक हित उत्थान सुरक्षा कबजको रुपमा स्थापित हाम्रो गौरबसाली संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाइ ध्वस्त पार्न केही स्वार्थी तत्वहरुले स्थापना भएको केहिबर्ष नबित्तैबाट लगातार कोसिस नगरेका हैनन । अबसरवादी , अनुसासन बिहिन , क्यारिरिष्ट र स्वार्थी तत्वहरुका जाल झेल , सड्यन्त्र र गुटवन्दिजन्य गतिबिधिका बिरुद्ध हजारौ हजार नेता कार्यकर्ताको सचेत र निर्मम संघर्षको परिणाम स्वरुप अहिले मूल प्रवाह आखिल भारत नेपाली एकता समाज भारत ब्यापी ससक्त रुपमा स्थापित भएको बताउनुभयो सथै उहाँले अर्को तर्फ मूल प्रवाहलाइ ध्वस्त पार्ने सबै प्रकारका प्रयत्नहरु धुत्ते साबित भएको ईतिहास हाम्रा अगडी ऎनाझै छर्लङ्ग हुदाहुदै पनि अहिले फेरि केही अनुसासन बिहिन , अराजक र क्यारिरिष्ट तत्वहरु अरुको बैसाखि टेकेर मूल प्रवाहलाइ ध्वस्तपार्ने दिउसै सपना देखिरहेकाहरुको सपना धारासायी हिने बताउनुभयो।अरुको सापटी बैसाखी टेकेर गन्तब्यमा पुग्न नसकिने यथार्थलाई बुझ्न नसकेर अत्यन्तै भ्रम पुर्ण , अराजक र ध्वम्सात्मक गतिबिधी गर्ने प्रयत्न गरिरहेका छन ,उनिहरुको त्यस प्रकारको प्रयत्नलाई भारत ब्यापी सचेत नेताकार्यकर्ताहरुले पहिलो झट्कामै असफल पारिसकेको अबस्थाछ अहिले ।केही बचे खुचेका अराजक र अबसरबादिहरुले आफुले सापटी लिएको बैसाखिको गुन चुक्तागर्ने र आफुलाइ सुरक्षित ल्यान्डगर्ने बार्गेनिङ का लागि कथित समानत्र समितिको नाममा अनुसासित र इमान्दार कार्यकर्ताको बलि चडाउने बिगत देखिको असफल र बासी प्रयत्न गरिरहेको वताउदै हामिले हाम्रो संगठनको गौरबसाली इतिहासको रक्षार्था थप सचेत र सगठननलाई मजबुत बनाउन हाम्रो स्प्रीट अरुबढाउनु पर्ने र जनता जागरुक भ्रमलाई चिर्नुपार्ने औल्याउदै भेलामा सहभागी नेता कार्यकर्ता हरुले अहिलेको हाम्रो काधमा आएको जिम्म्वेवारी पुरागर्न मत्वपुर्ण भुमिका खेल्नेमा आफु विस्वत रहेको बताउनु भयो ।

पुन पश्चिम् नगर समितिको भेलालाइ सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमब भारत क्षेत्रीय समितिका सदस्य तथा पुना इन्चार्ज सेर वहादुर पुलामिले अबसरबादि र अराजकहरु कतिसम्म झुट र भ्रमको खेतिगर्दा रहेछन भन्ने स्वयं आफू त्यसको भुक्तभोगी रहेको वताउदै आफू मूल प्रवाहको समर्पित कार्यकर्ता हुदाहुदै मेरो कुनै सहमती बिना गोरखपुरमा गरिएको भनिएको कथित भेलाबाट मेरो नाम समेत सामेल गरि अहिले सम्मको मैले संगठनम कामगरेको इतिहासनै समाप्त पार्ने षड्यन्त्र गरेको बताउदै यस्ता अबसरबादी तत्वहरुबाट सबै सजक र सतर्क रहन अनुरोध गर्नु भयो ।
भेलाले धनसिंह राहाडिको अध्यक्षतामा ११ पुर्ण ४ बैकल्पिक र २ सल्लाहकार सहित १७ सदस्यिय पुना पश्चिम नगर समितिको गठन गरेको छ ।जसको उपाध्यक्षम महेन्द्र थापा , सचिबमा देबिराम सिन्जापती ,सहसचिबमा बलजित राना,कोषाध्यक्षमा ओम राना र सदस्यहरु्मा धरबेन्द्र राहाडी,दिनेश सिन्जापती ,बिष्णु पुलामी , हरिस राना ,रोम बहादुर फौजा ,लोकेस त्रामु , बैकल्पिक सदस्यमा नवीन दर्लामी,महेन्द्र बि क ,भिम बहादुर घर्ती, तिलक गाहा, र सल्लाहकारमा रोम बहादुर मरसङ्गी र चन्द्र बहादुर राना रहनु भएको छ ।

त्यसै गरि पुना पुर्ब नगर समिती निम्म अनुसार रहेको छ । खिम राज राउतको अध्यक्षतामा दुई रिक्त रहने गरि १३ सदस्यिय पुना पुर्ब नगर समितिको उपाध्यक्षमा लक्ष्मण बिक , सचिब खिम लाल भन्डारी ,सहसचिब चक्र बि क , कोषाध्यक्ष राम कुमार बि क र सदस्य हरुमा धन बहादुर बि क , प्रकाश जेठारा ,जनक बहादुर भूल ,नारायण के सि ,दिपक सुनार र नरेश थापा रहनु भएको छ भने २ स्थान रिक्त राखिएको समिती निर्माण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal