शनिबार, साउन १२, २०८१

कालीगण्डकीको लेगाढबामा राष्ट्रिय जनमोर्चाको १३ सदस्य समिति गठन

 

शंकर प्रसाद पोख्रेल

गुल्मी तम्घास कालीगण्डकी गाउपालिकाको ६ खड्गकोट को “लेगाढवामा ,एउटा टोल समिति गठन भएको छ , लेगाढावाको टोलसमिति गठन पुर्व उपस्थिति सम्पुर्ण जनमानसलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण,दिदै उहाँले हामी गाउँ गाउँ टोलटोल को बिकाश को पक्षमा लाग्नुपर्ने बताउदै , देशका ठुला भनाउदा दलहरुले राष्ट्र र राष्ट्रियता प्रती गरेको गद्दारी को विरुद्ध सवै जनता बोल्नुपर्ने बेला आएको  र देशले थेग्न नसक्ने संघीयता लिएर आज राष्ट्रलाई घाँडो बनाइएको उल्लेख गर्दै प्रदेश सरकारको काम नभएकोले यस्लाइ खारेज गर्नुपर्ने,बताउनुभयो।प्रदेस सरकार खारेज गरे यसरी गाउपालिका र वाडाहरुमा अधिकतम बजेट आउन मिल्ने थियो जसले गाउगाउमा बिकाशको लहर छाउन सक्ने  उहाँको भनाइ थियो,तर स्थानीय सरकारले पाउने अधिकार सबै प्रदेस सरकारले  राखेको बताउदै यदि प्रदेश खारेज नगर्ने हो भने गाउँ बिकासमा असर पर्ने बताउनुभयो। संघीयताको खारेज राष्ट्रिय जनमोर्चाले आफ्नो फाइदाको लागि रहरले भनेको होईन देशको चिन्ताले भनेको हो। देश र जनताको बिकाशको लागि नेताले ब्यक्तिगत ईच्छार दल भन्दा माथी उठेर निर्णय गर्नु पर्ने बताउनुभयो।

देशका प्रमुख दलहरु काङ्ग्रेस ,एमाले , माओवादी ले एकै स्वरमा एमसिसि जस्तो राष्ट्र घाती सम्झौता पास गराउन अमेरिकाको अगाडि घुडा टेकेर निदारले छाप हानेका छन । भबिस्यमा यस्ले देश रणभुमिमा परिणत हुने र एमसिसि अमेरिकाको इन्डो प्यासिफिक रणनीति हो। यस्ले देशको सम्पुर्ण कलकारखाना मात्रा होईन देशमै एमसिसि मा परिणत गर्ने उदेश्य सहित आएको छ। यस्लाई तत्काल गाउगाउ बस्तिबस्ती बाट बिरोध नगरे सम्म प्रमुख दलहरु अमरिका सामु लम्पसार पर्ने बताउनुभयो।

नेपालको पक्षमा बोल्ने एकमात्र पाटी राष्ट्रिय जनमोर्चा हो तर जनताले राष्ट्रिय जनमोर्चा लाई सानो पार्टी भनेर अंकित गर्ने गर्छन । पार्टी सानो र ठूलोको अर्थ हुदैन मुख्य बिचार, सङ्ग को सवालहो । हामिले लिएका प्रतेक बिचार राष्ट्रको हितको निम्ति रहदै आएको नेता रामकुमरले बताउनुभयो

लेगा,ढवा मा प्रशिक्षण पश्चात् पुर्ण बहादुर थापाको अध्यक्षता मा १३ सदस्यीय टोल समिति गठन गरिएको छ। जस्मा २ उपाध्यक्ष झक बहादुर थापा , ३ सचिव -तेज बहादुर थापा, ४ सह सचीव – नरसिंह राना , ५ कोषाध्यक्ष – माया थापा ६ देउरुपा राना ७ बिसन थापा, ८ हिरा थापा , ९ विशे राना, १० झक बहादुर थापा , ११ टीका थापा र २ स्थान रिक्त राखी १३ जनाको समिती गठ गरिएको छ जस्मा यो समैती बनाउन पहल गर्नु हुने कुमार थापाले( भिम )र हिमा थापा रहनुभएको छ ।
कुमार थापाले ले पनि आफ्ना मन्तव्य राख्दै अब जनता र देशको चिन्ता गर्ने पार्टी भनेको राष्ट्रिय जनमोर्चा मात्र हो भन्दै सम्पुर्ण जनतालाई अब राष्ट्रिय जनमोर्चा मा जनतालाई कुनै प्रकारको संका नमानी राजमोमा गोल्बन्द हुन वा राष्ट्रिय जनमोर्चा को झन्डा मुनि आवद्ध नुन अनुरोध गर्नु भएको थियो
समिती बनाउन पहल गर्ने अर्का कामरेड हिमा थापाले पनि महिला दिदी बहिनी हरुपनी अब राष्ट्रिय जनमोर्चा को काधमा देशको जिम्मा परिथितिले सुम्पिन पर्ने आवश्यक छ र सम्पुर्ण लाई गाउबासिलाई जनमोर्चा मा प्रवेश गरेकोमा धन्यवाद दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal