बुधबार, फाल्गुन ६, २०८२

स्वर्गद्वारी क्याम्पस तोडफोड गर्नेलाई कारबाही गर्न अखिल (छैठौं) को माग

प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति, प्यूठानले जिल्लाको स्वर्गद्वारी क्याम्पसमा तोडफोड गरी क्षति पुर्याउनेमाथि कारबाही गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष नवीन केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी तोडफोडमा संलग्नलाई कडा कारबाही गर्न, क्षतिको क्षतिपुर्ति भराउन तथा तोडफोड गरिएका भौतिक संरचना तत्काल निर्माण गरी पठनपाठन सूचारू गर्न आग्रह गर्नुभएको छ ।

स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा भएको विवादका कारण मंगलबार क्याम्पसको भवनमै तोडफोड भएको थियो । तोडफोडबाट झ्यालढोका र फर्निचरमा लाखौंको क्षति भएको छ । घटनामा सात जना घाइते भएका थिए ।

‘विद्यार्थीहरुले भविष्य निर्माण गर्ने शौक्षिक थलोमा गुण्डागर्दी हुनु, गोली चल्नु, केही व्यक्ति घाइते हुने अवस्था निकै लज्जास्पद छ’ अखिल (छैठौं)ले विज्ञप्तिमा भनेको छ, ‘क्याम्पसमा भएको तोडफोडको निन्दा र भर्त्सना गर्दै तोडफोडबाट भएको भौतिक क्षति सम्बन्धित पक्षबाट क्षतिपूर्ति गराउन, तोडफोडमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गर्दछौं ।

तोडफोड गरिएका भौतिक संरचना तत्काल निर्माण गरी विद्यार्थीको पठनपाठन सूचारू गर्न क्याम्पस प्रसासनको ध्यानाकर्षण गराउन चाहान्छौ ।’वक्तव्यको पुण पाठ यस प्रकार छ।

अखिल (छैठौं)
जिल्ला समिति, प्यूठान

प्रेस विज्ञप्ति

मिति २०७८ मंसिर ७ गते प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा भएको विवादका कारण क्याम्पसको भवनमै तोडफोड भएको छ । तोडफोडबाट झ्यालढोका र फर्निचरमा लाखौंको क्षति भएको छ । क्याम्पस हाताभित्र भएको तोडफोड गुण्डागर्दी र अराजकताको पराकाष्ठा हो । विद्यार्थीहरुले भविष्य निर्माण गर्ने शौक्षिक थलोमा गुण्डागर्दी हुनु, गोली चल्नु, केही व्यक्ति घाइते हुने अवस्था निकै लज्जास्पद छ ।

क्याम्पसमा भएको तोडफोडको निन्दा र भर्त्सना गर्दै तोडफोडबाट भएको भौतिक क्षति सम्बन्धित पक्षबाट क्षतिपूर्ति गराउन, तोडफोडमा संलग्न व्यक्तिहरूलाई कडा कारवाही गर्न माग गर्दछौं । तोडफोड गरिएका भौतिक संरचना तत्काल निर्माण गरी विद्यार्थीको पठनपाठन सूचारू गर्न क्याम्पस प्रसासनको ध्यानाकर्षण गराउन चाहान्छौ ।

२०७८ मंसिर ८ गते
नवीन केसी
अध्यक्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal