शनिबार, साउन १२, २०८१

पंजावको मुक्तसहरमा मूलप्रवाह को नगर संगठन समिति पुनर्गठन

 

खिमराज चालिसे चंडिगढ
२६ नोवेम्वर २०२१

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चीमोत्तर क्षेत्रिय समिती अन्तर्गत पंजावको मुक्तशहर मा मूल प्रवाह को नगर संगठन समिति पुनर्गठन गरिएको छ।

भेलाको उदघाटन मूल प्रवाह का केन्द्रीय सदस्य कृष्ण जीसीले शब्दद्वारा गर्नुभएको थियो। वहाले उदघाटन भाषणमा भारत स्थित नेपालीहरु को अभिभावक संगठन मूलप्रवाहको गौरवमय इतिहास एंव कार्यकर्त्ताहरु को दाहित्व लगाएतका विषयहरुमा गहकिला विचार राख्नुभएको थियो भने क्षेत्रिय सदस्य गिरु प्रसाद न्यौपानेको समितीको नामावली घोषणा गर्नुभएको थियो।

भेलाले माधव एमसी को अध्यक्षतामा १३ सदस्यिय नगर संगठन समिति गठन गरेको छ जस्मा उपाध्याय नरेंद्र बिसी, सचिब रिता एमसी, सहसचिव राजु एमसी, कोषाध्यक्ष राजु बिसी र सदस्यहरु मा बिरु बिसी, उमा बिसी, देबेन्द्र थापा, कल्पना बिसी, संगित आले , कल्पना आले, सुरज परियार, देबेन्द्र थापा मगर हुनुहुन्छ। भेला माधव एमसी र लिलु खडका को पहलमा आयोजना गरिएको हो।कार्यक्रमको अध्यक्षता माधब एमसी र संचालन नर बहादुर बिसिले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal