शुक्रबार, बैशाख ७, २०८१

नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको अध्यक्षमा गिता थापा निर्वाचित

 

शंकर प्रसाद पोख्रेल

तम्घास गुल्मी

देशभरका स्थानीय तहमा आज नेकपा माओवादी केन्द्रले सम्मेलन गरेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ माध्यमबाट उद्घघाटन गरेका थिए।

नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाले पनि दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले नगरपालिका अध्यक्षमा प्रदेश सांसद समेत रहनुभएकी गिता थापालाई निर्वाचित गरेको छ।

आज भएको सम्मेलनबाट थापाकाे अध्यतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित गरिएको माननीय सांसद गिता थापाले झिमरुक पोस्टलाइ बताउनुभयो।

समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा , उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे , गिरि प्रसाद महाकिम , सचिव भरत पन्थी , सह-सचिव गाेपाल मरासिनी र काेषध्यक्षमा खड्क श्रेष्ठ निर्वाचित भएका छन । सम्मेलन माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालकाे प्रमुख आतिथ्यतामा समपन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?