शनिबार, साउन १२, २०८१

अखिल छैठौं अर्घाखाँची द्वारा “विद्यालय देखि बिश्वबिद्धालय कार्यक्रम उद्घाटन

 

रिसव आचार्य अर्घाखाँची ।अखिल छैठौं जिल्ला समिति अर्घाखाँची द्वारा “बिधालय देखि विश्वबिधालय ” डेढ महिने बिशेष संगठनात्मक अभियान को उद्घाटन गरेको छ ।हालै सम्पन्न अखिल छैठौं केन्द्रीय समितिको निर्णय अनुसार मंसिर १५ देखि पुस ३० गते सम्म विशेष संगठनात्मक अभियानको शुरुवात गरेको जिल्ला अध्यक्ष जीवन नेपाली ले जानकारी दिनुभएको छ।

श्रि युवा वर्ष जनता रबि चित्र माध्यमिक बिधालय हटारि नेटा सन्धिखर्कबाट सो कार्यक्रम को उद्घाटन गरिएको छ।कार्यक्रम लाई सम्बोधन केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली ले बिद्यार्थी हरुले विभिन्न बिद्यार्थी संगठन ले खेलेको भुमिकाको बारे राम्रो संग बुझेर संगठन मा आबद्ध हुन अनुरोध गर्नु भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली ले अखिल छैठौं ले खेलेको भुमिका,निति ,सिद्धान्त आगामी कार्य योजना कोबारेमा प्रष्ट पार्नु भएको थियो ।

नेपालीले अखिल छैठौंले बिद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेको ,हत्या , हिंसा ,बलात्कार , पेट्रोलियम पदार्थको को मुल्य वृद्धि,संघियता, शैक्षिक विकृतिलगायत को बिरुद्धमा सबै भन्दा अग्रपंक्तिमा आन्दोलनमा सडकमा उत्रिएको बताउनु भएको थियो ।
सोही अवसरमा संजित पाण्डे को अध्यक्षतामा ११ सदस्यीय युवा वर्ष जनता रबि चित्र मा बि हटारिनेटा मुल ईकाइ समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा सितल नेपाली ,सचिवमा किशन सिंह नेपाली ,सह- सचिवमा निर्मल केसि ,कोषाध्यक्षमा नेत्र सिंजालि लगायत ११ सदस्यीय रहेको मुल ईकाई कमिटी गठन गरिएको छ ।कार्यक्रममा ९० बढी बिद्यार्थी हरुको उपस्थिति रहेको थियो ।

अखिल छैठौं केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली को प्रमुख आतिथ्यता , जिल्ला उपाध्यक्ष प्रकाश चुदालिको सन्चालन बाट अघि बढेको कार्यक्रम को अध्यक्षता बिद्यार्थी नेता शितल पाण्डेले गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला सचिव लक्ष्मि बन्जाडे , जिल्ला कोषाध्यक्ष गिता थापा को समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal