बिहिबार, चैत्र १५, २०८०

उधोग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको चाैधाै साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न

 

नारायण जिसि   झिमरुक को मच्छी बजारमा साधरणसभा तथा छैठौं अधिवेशन अाज मच्छीमा सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा बाेधिराम पाेखरेल,उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल , सचिवमा प्रेम बहादुर पुन र कोषाध्यक्षमा पितम घिमिरे चयन गरेको छ। सदस्यमा डालिन्द्र के सी,हेमराज भट्टराई ,दधिराम पंथी र माेहनलाल पुरी चयन भएका छन।त्यस्तै जिल्ला प्रतिनिधिमा दधिराम पाेखरेल चयन हुनुभएको छ।२वटा मनाेनित सदस्य पछि चयन हुनेछ।
कार्यक्रमको अध्यक्षता धरम बहादुर जि.सी.स्वागत भाषण बिनाेद बिक्रम जि.सी.ले र संचालन नारायण जि.सी.ले गर्नु भएकाे थियाे।
कार्यक्रमकाे प्रमुख अतिथि उद्योग बाणिज्य संघ प्युठानका बरिष्ठ उपाध्यक्ष यज्ञ  बहादुर खत्री र बिशेष अतिथि झिमरुक गाउँपालिका अध्यक्ष तिलकबहादुर जि.सी.रहनु भएकाे थियाे।
सम्पूर्ण निर्वाचित कार्यसमिति लाइ सफल कार्यकालको शुभकामना प्युठान उद्योग बाणिज्य संघका महासचिव तथा निर्वाचन अधिकृत कृष्णभक्त गिरी र सहायक निर्वाचन अधिकृत ज्ञानुमाया के.सी.,काेषाध्यक्ष सुरेन्द्र जि.सी.ले व्यक्त गर्नु भएकाे थियाे।
नव नियुक्त पदाधिकारीकाे तर्फबाट अध्यक्ष बाेधिराम पाेखरेलले प्रतिवद्वता ब्यक्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal