शनिबार, साउन १२, २०८१

निशुल्क शिविर बाट ६३ जानाको अप्रेसन गरियो

जुमान सिंह के सी मंसिर १७ प्युठान
प्युठानको गौमुखी गाउपालिकाको ठुलाबेसिमा दुई दिने निशुल्क अँखा शिविर शुक्रबार सम्पन्न भएको छ।शिविरबाट ६३ जनाको शल्यक्रिया गरिएको हो।

नेपाल नेत्रज्योति सङ,राप्ती अँखा अस्पताल दाङको आयोजना तथा प्राविधिक सहयोग र डाक फाउन्डेसनको आर्थिक सहयोगमा शिविर संचालन गरिएको छ।

गौमुखी गाउँपालिका प्युठान स्थानीय आयोजकको रुपमा रहेको छ।
दुई दिन सम्म चलेको शिविरबाट जम्मा ५९६ जानाले चेकजाँच गराएको नेत्र सहाएक बिमल घिमिरेले बताउनु भयो।५६ जना मोतिबिन्दु भएका र ७ जनाको सामान्य सल्यक्रिया गरि ६३ जनाको सल्यक्रिया गरिएको डा. सन्तोष सुबेदिले बताउनु भयो।

दुर्गम र उपचारमा पहुँच नपुगेका ब्यक्तिलाई सेवा पुर्याउने र अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको शिविरको नेतृत्व गरि आउनु भएका डा.सन्तोष सुबेदीले बताउनु भयो।

सेवा सुबिधाको हिसाबले दुर्गम गाउँमा रहेका साथै आर्थिक बिपन्न र गरिबीको रेखामुनि रहेका ब्यक्तिलाई सहजरुपमा उपचार दिनको लागि गौमुखी गाउँपालिकाको समेत पहलमा शिविर संचालन गरिएको स्वास्थ्य साखाका केशव ब. के सीले जानकारी दिनु भयो।

गौमुखी गा पा ३ रजवाराकि ७९ वर्षकि भिमा बुढा मगरले आर्थिक अभावमा उपचार गर्न नसकिएकोमा अहिले स्थानीय गाउँमै निशुल्क अप्रेसन गर्न पाएकोमा आफू खुसी भएको बताउनु भयो।

शिविरमा स्वास्थ्य परामर्श, औसधि वितरण , चस्मा र अप्रेसनको ब्यबस्था गरिएको केशव के सीले जानकारी दिनु भयो।
शिबिरमा १४ जना स्वास्थय कर्मिहरुको सहभागीता रहेको छ भने शिविर शुक्रबार सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal