शनिबार, बैशाख ८, २०८१

गुल्मि भाडगाउंकी सम्झना हत्या प्रकरण ः हत्यारा सार्वजनिक

विक्रम खत्री

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ३ भाडगाऊँकी सम्झना बोहोरा खत्री मृत भेटिएको ३ दिनपछि हत्यारा सार्वजनिक गरिएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ३ भाडगाँउकै अभियुक्त ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनकी सासु तोमकला खत्रीले आत्महत्या गरेको बताइएको छ । नातामा आफ्नो भाउजु पर्ने सम्झनाकी सासु तोमकलीसँग मिलेर आफूले हत्या गरेको लालबहादुर खत्रीले प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी पाण्डेले बताए ।

अहिलेलाई हत्यारा मात्र सार्वजनिक गरिएको अन्य विस्तृत जानकारीको लागी थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता भएकोमा यही फाल्गुन १७ गते सोमबार बिहान फेला परिकी थिईन । उनकी सासु फागुन १ गते घरनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन।

गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको शव १८ दिनपछि स्थानीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए । घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो ।
युवतीको शव पोष्टमार्टम भईसकेको र रिपोर्ट आउन बाँकी रहेको छ । अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

महिला वेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

सम्झना हत्या प्रकरण ः यसरी पत्ता लाग्यो हत्यारा

यही माघ ३० गते

दिउँसो सम्झनाकी सासु तोमकला खत्रीले गएको राती २९ गते आफनो घरमा तिनजना अपरिचीत व्यक्तीहरु आई आफु र आफनो नातीलाई बंगालोको कोठामा राखी ३ जना मध्ये १ जनाले आफुलाई कुरेको र अन्य २ जना केटाहरु र मेरो बुहारी सम्झना बोहोरा खत्री भई घर भित्र बसी रक्सी चुरोट खाए पश्चात निजहरुले नै बिहान पख साथमा लिएर गएका बताउनुभएको र प्रहरी कार्यालयमा फोटो सहितको हुलिया लिखित निवेदन दिनुभएको थियो ।
तोमकला खत्रीले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुहारी हराएको भनि निवेदन दिनसाथ माईती पक्षका हरी बहादुर बोहोराले न्यायको लागी फोटो सहितको निवेदन दिनुभएको हो ।
यही फाल्गुण २ गते

सम्झना खत्रीको सासु आमा ५२ वर्षिय तोमकला खत्री हराएको अवस्थामा खोजतलास गर्दा घरदेखि ५० मिटर पछाडी रहेको आफनो बारीको खनियाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । झुण्डिएको खबर प्राप्त हुनसाथ प्रहरी नायव उपरिक्षकको कमाण्डमा ११ जनाको टोलीले प्रारम्भिक कार्य गरेको हो ।

यही फाल्गुण १७ गते

त्यहाँका स्थानियले लाशको गन्ध आएको भन्ने खबर दिन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उक्त स्थानमा गई खोजतलास गर्दा आफनै घर भन्दा ५५ मिटर तल सम्झना बोहोरा खत्रीको मृत अवस्थामा लाश फेला परेको थियो ।
उक्त स्थानमा प्रहरी नायव उपरिक्षक पाण्डेको कमाण्डमा डाक्टर सहितको टोली गएर अनुसन्धान गरेको थियो । यही फाल्गुण १७ गते नै सम्झनाका ससुरा गणेश बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालयमा भाडगाऊँ कै लाल बहादुर खत्रीको नाममा जाहेरी दरखास्त दिए पश्चात लालबहादुर खत्रीलाई प्रहरीको नियन्त्रणमा लिएको हो ।

यही फाल्गुण १८ गते

माईती पक्ष समेतलाई घटनास्थलमा झिकाई स्थानिय जनप्रतिनिधीको रोहबरमा घटनास्थल लाशजाँच समेतको अनुसन्धान कार्य गरी मृतक लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ल्याई पोष्टमार्टमको कार्य पुरा गरेको थियो । फाल्गुण १९ गते गुल्मी जिल्ला अदालतबाट लालबहादुर खत्रीको नाममा ७ दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ । यो समाचार रेडियो रेसुङ्गाको अन्लाईन पृष्ठ बाट साभर गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?