शनिबार, साउन १२, २०८१

त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा :पुरन पोख्रेल

अखिल ( छैठौं ) त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा पुरन पोख्रेल चयन हुनुभएको छ। अन्नपूर्ण नि मा बि धारापानी अर्घाखाँचीबाट अखिल छैठौं को इकाई अध्यक्ष हुँदै अखिल छैठौंको राजनीति सुरु गर्नुभएका पोख्रेल पाल्पा जिल्ला अध्यक्षको दुई कार्यकाल अध्यक्ष हुँदै अखिल छैठौँ ५ नम्बर प्रदेश सह सचिब तथा केन्द्रिय सदस्य हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनमा कुसल नेतृत्व गर्न सक्ने क्षमता भएका पोख्रेल प्रखर बक्ताको रुपमा चिनिनुहुन्छ। पाल्पा जिल्लामा लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गरि हाल उहाँ त्रिभुवन बिश्वबिधालय किर्तिपुरमा अध्यनरत हुनुहुन्छ।उहाँ विद्यार्थी राजनीति मात्रै नभएर शैक्षिक क्षेत्रमा समेत अब्बल मानिनुहुन्छ।हालै अखिल छैठौं केन्द्रिय समितिबाट देशको सबैभन्दा ठूलो बिश्वबिधालय त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पसको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal