शनिबार, साउन १२, २०८१

विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णयलाई मसाल द्वारा स्वागत।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकार र नेकपा (विप्लव) का बीचमा भएको सम्झौतालाई स्वागत गरेको छ ।

सम्झौता अनुसार नेकपा (विप्लव) माथिको प्रतिवन्ध हटाउने र राजवन्दीहरूलाई रिहाइ गर्ने समझदारीलाई मसालले सकारात्मक रुपमा लिएको महामन्त्री मोहनविक्रम सिंहले स्पष्ट पार्नुभएको छ ।

यस्तो छ वक्तव्य :
‘सरकार र नेकपा (विप्लव) का वीचमा भएको सम्झौतालाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । त्यो सम्झौता अनुसार नेकपा(विप्लव)माथिको प्रतिवन्ध हटाउने र त्यसका राजवन्दीहरूलाई रिहाइ गर्ने जुन समझदारी भएको छ, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ ।

प्रतिवन्ध हटेर खुला भएपछि विप्लव पक्षले कुन प्रकारका नीतिहरु अपनाउने छ त्यसका आधारमा नै हामीले उनीहरूप्रतिको नीति निश्चित गर्दै जाने छौं। तैपनि हामीले आशा गर्दछौं, उनीहरूले अपनाउने नीतिहरू सकारात्मक प्रकारका हुने छन् र तिनीहरूबाट देशको जनआन्दोलनलाई महत्वपूर्ण योगदान पुग्ने छ ।’ मिति २०७७ फागुन २० गते मोहनविक्रम सिहं महामन्त्री

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal