शनिबार, साउन १२, २०८१

प्युठानमा राष्ट्रिय जनमोर्चा एक ढिक्का छ :कृष्ण खड्का

प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानका अध्यक्ष एवम् केन्द्रीय सदस्य कृष्ण खड्काले आफू र राष्ट्रिय जनमोर्चाको बारेमा भ्रम पार्ने प्रयास भइरहेको भन्दै भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । प्युठानबाट प्रकाशित एउटा पत्रिकामा खड्काको नेतृत्वमा मसालको बेग्लै समिति बनेको भन्ने समाचार प्रकाशित भएपछि खड्काले आपत्ति जनाउनुभएको हो ।

‘म र हाम्रो पार्टीविरुद्ध भ्रम फैलाउन प्युठानमा विभिन्न तत्वहरु सक्रिय भएका छन् । पत्रिकामा आएको हल्लाबाट भ्रमित नहुन म सबैसँग आग्रह गर्छु’ कोहि भ्रममा नपर्न  खड्काले  आग्रह गर्नुभएको छ।, ‘बेग्लै पार्टी बनाएको भनेर नाम जोडिएका अन्य साथीहरुले समेत खण्डन गरिसक्नुभएको छ । प्युठानमा राजमो एक ढिक्का छ ।’

उहाँले सो पत्रिकाका सम्पादकसँग किन भ्रमपूर्ण समाचार छापेको र समाचारको स्रोत के हो भनेर आफूले सोधेको तर कुनै जवाफ नदिएको बताउनुभयो । उहाँले विरोधी दल तथा पार्टीबाट निश्कासित व्यक्तिहरुले भ्रम फैलाएको हुनसक्ने आशंका पनि गर्नुभयो ।

नेता खड्काले राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजीको माग गर्दै गरिरहेको देशब्यापी विरोध कार्यक्रम अन्तर्गत यही मंसिर २६ गते झिमरुक गाउँपालिकाको मच्छिमा विरोध सभा राखिएको र आफू त्यसको तयारीमा रहेको जानकारी पनि दिनुभयो ।

यस्तै, बेग्लै पार्टीमा सामेल भएका भनिएका अन्य सदस्यहरुले पनि समाचारमा कुनै सत्यता नरहेको र आफूहरु राजमोको विभिन्न जिम्मेवारीमा रहेका स्पष्ट पारेका छन् ।

प्युठान नगरपालिका–५ का पिमे राना र दुर्गाप्रसाद भुसाल, सोही नगरपालिका वडा नं ३ का चेतनाथ योगी, वडा नं ६ का हिरा भण्डारी र मल्लरानी गाउँपालिकाका गुणेन्द्र बहादुर बस्नेत क्षेत्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरी भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ ।

‘हाम्रो व्यक्तिगत छविमाथि गम्भिर आँच आउने गरी प्रकाशित गरियको समाचार तथ्यहीन भएकाले र हाम्रो राजनीतिक जीवनको पृष्ठभूमिसमेत धमिलाउने गरी यस्ता प्रकारको समाचार प्रकाशित नगर्नको लागि सुझाव दिँदै यस्ता प्रकारको झुट समाचारप्रति खेद प्रकट गर्दछौँ’ उहाँहरुले भन्नुभएको छ । युगदर्शन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal