शनिबार, साउन १२, २०८१

बिशेष संगठनात्मक अभियान हरिचाैर, अर्जेवा, बागलुङ बजार, सक्न्यार, खुङ्गा र धम्जामा सम्पन्न

तिलक  थापा

गलकाेट नगरपालिका वडा न.-५ हरिचाैरमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २५ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले मन्तव्यकाे क्रममा जनताकाे चाहना र एजेन्डालाई उपेक्षा गर्दै राष्ट्रियता र जनजिविकाका मुद्दालाई पटक पटक कुठाराघात गर्ने पार्टीलाई नेपाली जनताले पहिचान गरेकाे बताउदै राष्ट्रहित बिपरितकाे MCC परियोजना पारित हुन नदिन जस्तो सुकै अान्दोलन गर्न पनि पछि नपर्ने बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापा, राष्ट्रिय जनमाेर्चा गण्डकीका सचिव बेदिलाल सापकोटा, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, रा.ज.माे जिल्ला सल्लाहकार टंक के.सी., अखिल नेपाल शिक्षक संघका बद्री ढकालले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा रा.ज.माे. जिल्ला सदस्य पदम श्रेष्ठ, बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य सुनमाया ढकाल, जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल महिला संघका देबि खत्री, जापान नेपाली एकता समाजका नारायण कडेल लगायतकाे अातित्थ्यता रहेकाे थियाे । कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीकाे अध्यक्षता, खडक बि.क.काे सञ्चालन र तम बहादुर कार्कीकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियोे ।

यसैगरी अाजै जैमिनी नगरपालिका वडा न.-६ अर्जेवामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला कुखानीमा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचीव संजाल शर्मा, राष्ट्रिय जनमोर्चा जैमिनी नगर सदस्य मिना थापा लगायतले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रम राजमो वडा समितिका अध्यक्ष गोपिलाल थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत तुल बहादुर राना गर्नु भएको थियो भने संचालन नरिश्वर आचार्यले गर्नु भएको थियो।

यसैगरी बागलुङ बजारमा राष्ट्रिय जनमाेर्चाकाे जनभेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, जिल्ला सचिव भिमलाल पाेखरेल, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा, राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य थानेश्वर सुवेदी लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी वडिगाड गाउँपालिका वडा नं.२ सक्न्यारमा राष्ट्रिय जनमाेर्चा वडा प्रशिक्षण सम्पन्न भएकाे छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय काेषाध्यक्ष भिमसेन वन, ने.क.पा. मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, रा.ज.माे. बागलुङका सदस्य बाेम बहादुर थापा, रा.ज.माे. जलजलाका अध्यक्ष विमल श्रीस, देव बहादुर सलामी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा दुर्गा अर्याल, बेलु गिरीकाे अातित्थ्यता रहेकाे थियाे । कार्यक्रम प्रेम पुनकाे अध्यक्षता, अनिल वनकाे सञ्चालन र धन बहादुर बुढाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियो ।

यसैगरी राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नं ४ रिखुवा को वडा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्वीजिबी संघका केन्द्रीय सदस्य धन बहादुर कुवर, राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, रक्तिम सास्कृतिक अभियानका जिल्ला सचिव शहविन अर्गेजा, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अखिल (छैठौं) बागलुङका सचिव विवश छन्त्याल जीवन बुढाथोकी, ललित गोतामे गौरीश्वर अर्गेजा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा ढोरपाटन ४ का अध्यक्ष खडक बहादुर कुवरको अध्यक्षता, सचिव कुल बहादुर छन्त्यालको सन्चालन र राम बहादुर अर्गेजाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।

  • यसै गरि काठेखाेला वडा नं.३, धम्जामा राष्ट्रिय जनमाेर्चाकाे टाेल प्रशिक्षण भेला सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य लक्षमण पुन, रा.ज.माे.काठेखाेलाका सदस्य रिम बहादुर थापाले मन्तव्य राख्नु भएकाे थियाे । कर्ण बहादुर खत्रीकाे अध्यक्षता र बरुण बि.क.काे सञ्चालनमा सुरु भएकाे भेलाले डाेलेन्द्र के.सी.काे अध्यक्षता १७ सदस्यीय राष्ट्रिय जनमाेर्चा धम्जा उपल्लो टाेल समिति चयन गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal