शनिबार, साउन १२, २०८१

राजनीति फेसन होइन, आवश्यकता हो : केसी

 

खिमराज चालिसे, भोपाल (भारत)

प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक भारतको मध्यप्रदेशको भोपाल सहरमा सुरु भएको छ ।

विस्तारित बैठकको उद्घाटन २०७८ मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२, २०२१ का दिन करतल ध्वनिमाझ रिबन काटेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभयो ।

सो अवसरमा उद्घाटन भाषण राख्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा अहिले पनि रहेको दर्शाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजनीतिलाइ फेसन होइन, अवसरवादी, प्रतिगमनकारी र अनुशासनविहीन तत्त्वको विरुद्ध सशक्त सैद्धान्तिक सङ्घर्षको अभियानको रूपमा अगाडि बढाएको बताउनुभयो ।

‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गौरवशाली र ऐतिहासिक ढङ्गले अगाडि बढेको छ’ उहाँले भन्नुभयो– ‘यो ऐतिहासिक पृष्ठभूमिमा उभिएर एकता समाजले राजनीतिलाई फेसन होइन, बरु यो त जनताप्रतिको जिम्मेवारी हो भन्ने कुरा पुष्टि गर्नुपरेको छ ।’

सम्बोधनको क्रममा उहाँले साम्राज्यवाद, प्रतिगमनको खतरा तथा अवसरवादीका भ्रम चिर्न आम कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
उहाँले कार्यकर्तामा तात्कालिक राजनीतिक परिस्थितिको ठोस अध्ययन गरेर नेकपा (मसाल) को क्रान्तिकारी नीति आत्मसात गर्न पनि आग्रह गर्नुभयो ।

अर्का अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सम्बोधन गर्दै भन्नुभयो– ‘एकता समाजले एकातर्फ भारतमा नेपालीहरूप्रति हुने हरेक अन्याय, अत्याचारका विरुद्ध आवाज बुलन्द गर्दै अभिभावकीय जिम्मेवारी निभाउने र अर्कोतर्फ विभिन्न प्रकारका अराजक, अनुशासनविहीन तŒवको समय समयमा देखा पर्ने गतिविधि विरुद्ध लडिरहेको छ ।’

उहाँले अहिले एकता समाजले फुटपरस्त गतिविधिको विरुद्ध सशक्त प्रतिकारको नीति अख्तियार गर्दै विभिन्न स्तरका भ्रमको पर्दाफास गरिरहेको पनि बताउनुभयो ।

आफूलाई टिके भन्नेहरूलाई मूल प्रवाहको विधान, घोषणापत्र र सङ्गठनात्मक पद्धति बुझ्न र पढ्न अनुरोध गर्दै उहाँले अवसरवादी चरित्रयुक्त भएका कारणले उनीहरूले त्यसो गर्न नसकेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली समाचार साप्ताहिक तथा नेपाली एकता आनलाइनका सहसम्पादक धनवीर पुनको पनि आतिथ्यता रहेको थियो ।
बैठकमा कार्यक्रम सफलताको शुभकामना दिने अन्य अतिथिहरूमा शुष्मा खड्का, पहलसिंह परियार, विष्णु शर्मा, तालबहादुर खडका, खगेश्वर सुनार लगायत हुनुहुन्थ्यो । बिस्तारित बैठकले अध्यक्ष दुर्गा बहादुर केसी को संयोजकत्वमा ६९९ सदस्सिय आठौ राष्ट्रीय सम्मेलन तैयारी समिति गठन गर्नुको साथै अलग अलग केन्द्रिय सदस्यहरुको विभिन्न जीम्मा तय गरिएको जानकारी महासचिव ठाकुर खनालले दिनु भएको छ।

महासचिव ठाकुर खनालको सञ्चालन तथा उपाध्यक्ष कपिल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई अर्का केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल तथा रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal