शनिबार, साउन १२, २०८१

चंडिगढमा मूलप्रवाहको आठौ राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला सम्पन्न

 

खिमराज चालिसे, चंडिगढ
१९ डिसेम्बर २०२१

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगामी फरबरी २७–२८ र मार्च १ मा फरिदावादमा हुन गइरहेको अखिल भारत सम्मेलनलाई केन्द्रित गरी चंडिगढमा प्रचारात्मक भेला सम्पन्न भएको छ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं । भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ आइतबार भेला सम्पन्न भएको हो ।

मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन तयारी समितिलाई सहयोग गर्न सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिले प्रचारात्मक भेला सम्पन्न गरी क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा २९९ सदसीय सम्मेलन तयारी उपसमिति पनि गठन गरेको छ।

उक्त भेलाले राष्ट्रिय सम्मेलन सम्पन्न पार्न व्यवस्थापन उपसमिती, आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, साँस्कृतिक उपसमिति, स्वयंसेवक उपसमितिहरु गठन गर्नुको साथै क्षेत्रिय सदस्यहरुको जिम्मा समेत तय गरेको छ।

भेलालाई सम्बोधन गर्दै मूल प्रवाहका उपाध्यक्ष कपिल खनालले सबै प्रकारका चुनौतिहरुको सामना गर्दै सही नीति सिद्वान्तले प्रशिक्षित कार्यकर्ताहरुले उच्च प्रकारको जोस जाँगर र उमंगका साथ सम्मेलनलाई सफल पार्नेमा केन्द्रीय समिति ढुक्क रहेको बताउनु भएको थियो।

त्यस्तै, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुनले वर्गीय माया भन्दा उच्च रगतको नाता पनि नहुने तर्क दिदै भारतस्थित सबै श्रमजीवि नेपालीहरुको भावनाको यो सम्मेलनले प्रतिनिधित्व गर्न सकोस भन्ने विचार सहित शुभकामना दिनुभएको थियो । त्यसै गरि महिला विभाग की केन्द्रिय सदस्य सुष्मा खडकाले पनि सम्वोधन गर्नुभएको थियो।

भेलामा विभिन्न नगरहरुबाट वक्ताहरुले भेला सफलताको शुभकामना तथा सम्मेलनको महत्वबारे प्रकाश पार्नुभएको थियो । रोपडबाट छबिलाल सापकोटा, संगरुरबाट खेमराज पोख्रेल, लुधियाना फोकलपाइन्टबाट राजकुमार अधिकारी, लुधियाना सिटीबाट उदैसिंह चन्द, जालन्धरबाट धनबहादुर गोर्खाली, गोविन्दगढबाट रामबहादुर ताम्राकार, हिसारबाट तारा सोमरे, श्रीगंगानगरबाट गिरुप्रसाद न्यौपाने, अम्बालाबाट प्रेम रसाली, चंडिगढबाट मानबहादुर केसी, मेस व्यवस्थापनबाट बालाराम न्यौपाने लगाएतले मन्तव्य राख्नुभएको   थियो ।
क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षता तथा सचिव त्रिभुवन भट्टराईको सञ्चालनमामा सम्पन्न भेलामा रक्तिमका कलाकारहरु तथा कुल बहादुर बगालेले स्वागत गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal