शनिबार, साउन १२, २०८१

एमसिसी नेपालको लागि घांटिको पासो हो, सासक हरु होसियार :चित्र बहदुर केसी

राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले ५ दलीय गठबन्धनमा सामेल हुनु अमेरिकी साम्राज्यवादको एजेन्ट भएर देश बेच्नु नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “यहाँ आफू सत्ता र शक्तिमा बस्न अमेरिकी साम्राज्यवादको दलाली गरिरहेका छन् । तिनलाई नेपाली जनताले चिनिसकेका छन् । राजमो देशभक्त शक्ति हो, एमसीसीमा मदत गर्ने राष्ट्रघाती हो । ५ दलीय गठबन्धनमा सामेल हुनु भनेको अमेरिकी साम्राज्यवादका एजेन्ट भएर देश बेच्नु हो र ? राजमोले सार्वभौमसत्ताको सौदाबाजी गरेर सत्ता र शक्तिमा रजाइँ गर्दैन ।”

एमसीसी पास गर्ने षड्यन्त्र भए सडकदेखि संसद्सम्म राजमो विरोधमा उत्रने चेतावनी उनले दिए । केसीले थपे, “यहाँका नेताले माथिल्लो कर्णाली, महाकाली बुझाए, श्रम शक्ति अरबको खाडीमा पठाएका छन् । के त्यस्तो गर्ने लाइसेन्स नेपाली जनताले दिएका थिए ? एमसीसी पास गर्न अहिले शेरबहादुर मात्र होइनन्, खड्गप्रसाद ओलीले पनि अमेरिकी साम्राज्यवादको आशीर्जाद लिन खोजेका थिए । प्रचण्ड र माधव नेपाल पनि नजिकै चुनाव नभएको भए पास गर्न तयार हुन्थे । अहिले अमेरिकालाई देखाउन नाटक गर्न खोजिरहेका छन् ।”

एमसीसीबारे ५ दलीय गठबन्धनको तीन सदस्यीय कार्यदलको कुनै औचित्य नभएको उनले बताए । उनले थपे, “कार्यदल जनतालाई झुक्याउने र भुल्याउने षडयन्त्र हो । यो नेपाल र नेपालीको हितमा छैन । अब एमसीसीका मतियारलाई कारबाही गर्नुपर्छ । अनेक नाटक गरेर अमेरिकी साम्राज्यवादको पासो नेपाली जनताको घाँटीमा बेर्न पाइँदैन । नेपाललाई एमसीसी बोकाएर सत्ताको दुनो सोझ्याएको जनताले थाहा पाइसकेका छन् । अब अमेरिकी साम्राज्यवादका गोठालाहरुको हार हुन्छ ।”

एमसीसीसँगै संघीयता पनि खारेज गर्नुपर्ने उनले औंल्याए । नेता केसीले भने, “संघीयताका कारण प्रदेशमा मात्रै ८७ मन्त्री छन् । खर्बौखर्ब ऋण काडेर मन्त्री पाल्न सकिँदैन । एउटा प्रदेशमा १४ मन्त्री छन् । एउटा भवनमा चार वटा मन्त्रालय छन् । संघीयताले आफ्नो कुरुप अनुहार देखायो । अब नेपाली जनतालाई एमसीसी र संघीयता मान्य छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal