बिहिबार, चैत्र १५, २०८०

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गर्यो

काठमाडौं, पुस १३ । आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् ।

उनले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । गोरखापत्र दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal