शुक्रबार, बैशाख १४, २०८१

गुल्मीको सत्यवतीमा राष्ट्रिय जनमोर्चाले संगठन बिस्तारलाई दियो तिव्रता वडा नं३ मा भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका–३ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।

राजमोका गाउँपालीका अध्यक्ष मित्र तरामुले भेलालाई सम्बोधन गर्दै ठुला राजनैतिक दलहरुको गलत नीतिका कारण नेपाली जनता झन झन अन्धकारमा धकेल्दै गएको बताउनु भयो ।

उहाँले राजमोले लिएको सहि नीति सहि विचार र सहि सिद्वान्तका कारण देश र जनतालाई अन्धकार तिर जानबाट रोकेको भन्दै अरु दलहरुले विचार भन्दा आर्थिक समृद्धिको मात्रै कुरा गरेर जनतालाई भ्रम पारेको बताउनु भयो । नेता तरामुले नेपाली जनताहरुलाई राजमोको झण्डा भित्र गोलबन्द हुन आग्रह समेत गर्नु भयो । उहाँले थप्नु भयो राजमोले प्रर्तिगमन विरुद्ध चर्को आवाज उठाउँदै आएको र एमसीसी राष्ट्रियता माथि खतरा हुने भएको कारण यसको विरुद्वमा जनस्तरबाट आन्दोलनको तयारी गर्न आग्रह गर्नु भयो ।

सम्पन्न भेलाले वडा समिति समेत गठन गरेको छ । समितिको अध्यक्ष वम सिञ्जापती, उपाध्यक्ष नारायण थापा, सचिव गिरि राहाडी, सहसचिव तारा थापा र कोषाध्यक्षमा खुमा सुर्यवंशी चयनहुनुभएको छ । सदस्यहरुमा इश्वरी राना, तिलक श्रीस, लोकमया सिंजापती, बन्दना श्रीस तथा सल्लाहकारमा टेक बहादुर श्रीस, नरमया राना, र हिरा तरामु रहनुभएको छ।

नव निर्वाचित समितिलाई नेकपा (मसाल)का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले, अखिल नेपाल युवक संघका ओम श्रीस, अखिल नेपाल महिला संघका हुमि सिंजापती, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट गिरि राहाडी, राजमो सत्यवती गाउँपालीका सचिव कमल पुलामी, रक्तिमका अध्यक्ष उषा तरामी मगरले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

राजमो वडा समितिका अध्यक्ष तिलक श्रीसको अध्यक्षता तथा ओम श्रीसकाको सञ्चालनमा अघि बढेको भेलामा हिरा तरामुले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?