आइतवार, फाल्गुन ३, २०८२

सवै इमान्दार कामरेडहरु पार्टीमा फर्किनुपर्छ : सोभाकान्त लामिछाने

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्वमहासचिव शोभाकान्त लामिछानेले नेकपा (मसाल) लाई ‘दक्षिणपन्थी’ भएको आरोप लगाउनुमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

पार्टीलाई दक्षिणपन्थीको तथ्यहीन आरोप लगाउँदै कतिपय व्यक्तिहरु झुण्ड–झुण्ड बनाएर घोर दक्षिणपन्थी पार्टीमा विलय भएकोप्रति चिन्ता प्रकट गर्दै उहाँले यस्तो प्रवृति पार्टी, देश र क्रान्तिप्रतिको बेइमानी भएको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी लामिछानेले अलमलमा परेका सबै साथीहरुलाई मूलघरमै फर्कन र ‘देशको क्रान्तिकारी अभिभारालाइ पूरा गर्न व्यक्तिगत स्वार्थ र कुण्ठाबाट माथि उठेर अनुशासित पार्टीलाई मजवूत पार्न’ आह्वान गर्नुभएको छ ।

लामिछानेले भन्नुभएको छ, ‘नेपाल तथा नेपाली समाज परिवर्तनको लागि क्रान्तिकारी आन्दोलनलाई केन्द्रमा राखेर कार्य गर्नुको सट्टा व्यक्तिगत कुण्ठा, महत्वकांक्षा अनुशासनविहीनताको प्रवृत्तिले क्रान्तिकारी आन्दोलनलाई गम्भीर क्षति हुन सक्दछ।

व्यक्तिगत स्वार्थ र प्रतिष्ठालाई धुरी बनाएर हेर्ने र त्यही अनुसार गतिविधि गर्ने कुरा कदापि सहि हुन सक्दैन । परिस्थितिको ठोस मूल्यांकन गरेर नीति निर्माण गर्ने नेकपा (मसाल) देशको निर्विकल्प क्रान्तिकारी पार्टी भएको तथ्य कसैबाट लुकेको कुरा होइन । कार्यनैतिक विषयहरूमा कार्यन्वयन गर्ने प्रश्नहरूलाई मात्र आधार बनाएर पार्टीप्रति दक्षिणपन्थीको तथ्यहीन दोषारोपण र झुन्ड झुन्ड बनाएर स्वार्थ सिद्द गर्न खोज्नु नेपाली क्रान्ति, देश र जनताप्रति बेइमानी हो ।

अतः देशको क्रान्तिकारी अभिभारालाइ पुरा गर्न व्यक्तिगत स्वार्थ र कुण्ठाबाट माथि उठेर अनुशासित पार्टीलाई मजबुत पार्न सबै कटिबद्ध बनौं । यो वा त्यो बाहानामा पार्टी विरोधि गतिविधिमा लागेका सबै साथीहरूलाई आफ्नो मूलघर मै फर्कन आह्वान गर्दै यसै व्यक्तव्यबाट आजैको मितिदेखि पार्टी अनुशासनमा कटिबद्ध रहने प्रतिबद्धता सहित आफ्नो मूलघर राष्ट्रिय जनमोर्चामै रहेको जानकारी गराउँछु।’

शोभाकान्त लामिछाने
निवर्तमान महासचिव
अन्तर्राष्ट्रिय नेपाली एकता समाज
२०७८ पुस १६ गते
नवलपरासी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal