शनिबार, साउन १२, २०८१

न्यूजिल्याण्डमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको पनि त्रास

एजेन्सी
विदेश

न्यूजिल्याण्ड: न्यूजिल्याण्डमा शुक्रबार बिहानै ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । साथै लगातार तीन वटा शक्तिशाली धक्का गएको पनि बताइएको छ ।

तीन धक्कामध्ये एउटा ७ दशमलब ४ र अर्को ७ दशमलब २ म्याग्निच्युडका धक्का थिए । जिस्बन सहरबाट करिब १ सय ७८ किलोमिटरको दूरीमा पर्ने जमिनको भागलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको थियो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार नजिकैका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान भनिएको छ ।

समुद्री किनारका हजारौँ मानिसहरु सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । भूकम्पको १२ घण्टापछि सुनामिको चेतावनी दिइएको हो । भूकम्पले गर्दा कतिपय स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ ।

विशेषगरी उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना बढी रहेको भन्दै पूर्वतयारी समेत गरिएको छ । समुद्रको केही भागमा भने भूकम्पका कारण पानीको सतह बढेको बताइएको छ । कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नसक्ने सफल देशमध्ये न्यूजिल्याण्ड पनि एक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal