शनिबार, साउन १२, २०८१

लिपुलेकमा भारतले बनाइरहेको सडक बिस्तार तुरुन्तै रोक्न राष्ट्रिय जनमोर्चाको माग

काठमाण्डौ 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दिएको अभिव्यक्तिमा राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । साथै जनमोर्चाले नेपाल सरकारलाई भारतसँग यो विषयमा कुराकानी गर्न र निर्माणको काम रोक्न पनि माग गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर मोदीको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका छन् ।

गएको वर्ष नै भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उद्घाटन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal