शुक्रबार, चैत्र १६, २०८०

गेटवे टु हेल’ अर्थात् नर्कको प्रवेशद्वार बन्द गर्ने तुर्कमेनिस्तानको निणय

एजेन्सी,  तुर्कमेनिस्तानमा ‘नर्कको द्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले ‘गेटवे टु हेल’ अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोले अधिकारीहरुलाई उक्त खाल्डो बन्द गरिदिन निर्देशन दिएका हुन्। उनले लगातार बलिरहेको आगोलाई निभाउनसमेत भनेका छन्। उनले उक्त खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव पारेको र पैसाको नोक्सानसमेत भएको बताएका छन्। सन् १९७१ देखि लगातार बलिरहेको उक्त खाल्डोलाई तुर्कमेनिस्तानले यसअघि सन् २०१० मा पनि पुर्न आदेश दिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal