शनिबार, साउन १२, २०८१

झिमरुक १ सौतामारेमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

प्युठानको झिमरुक–१ परियार टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । केन्द्रीय सदस्य वासुदेव पोख्रेलले समसामयिक परिस्थितिबारे प्रशिक्षण दिनुभएपछि २०७८ पुस २५ गते टोल समिति गठन भएको हो ।

समितिको अध्यक्षमा शिवबहादुर परियार रहनुभएको छ भने उपाध्यक्षमा शारदा परियार, सचिवमा बुद्धि परियार र कोषाध्यक्षमा सुशीला परियार रहनुभएको छ ।

त्यसैगरी, सदस्यमा दीपक परियार, विनोद परियार, डेमबहादुर विक र दलबहादुर परियार रहनुभएको छ ।

टुमबहादुर परियारको अध्यक्षतामा भेलाले सो समिति गठन गरेको थियो । समितिलाई राजमोका वडासचिव विजयविक्रम जिसीले बधाई दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal