शनिबार, साउन १२, २०८१

आजको मौसम केही भागमा हल्का पानी पर्ने संभावना

बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आज काठमाडौंमा घाम लाग्ने छ। तर दिउँसोतिर केही स्थानमा बादल देखिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीलाई जानकारी दिइन्।

यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal