बिहिबार, चैत्र १५, २०८०

गुल्मीका बिद्यालयहरुको पढाइ र महोत्सवमा रोक

अनिल खत्री
२८ पुस, गुल्मी । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केहि समय अघिनै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो ।
तर, जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । पुर्व निर्धारित परिक्षाहरुको सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालन गर्ने निर्णय भएको छ ।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ । माघे संक्रान्तीका अवसरमा रुरु क्षेत्र, छाप, छल्दी लगायतका स्थानमा हुने मेला र महोत्सव बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ । स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय भएको छ ।
लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय भएको छ । उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ ।
त्यस्तै जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं नीजि सवारी साधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने भएको छ । सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक नि–संक्रमण गर्ने निर्णय भएको छ ।
सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीका अहिले १२ जना सक्रिय संक्रमित रहेका छन् । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले कोभिड १९ को बारेमा अवगत गराउँदै आत्म अनुशासनका विधिनै नियन्त्रणको प्रमुख उपाय भएको बताए ।
ओमिक्रोन र डेल्टा दुवै खाले भाइरसको चर्चा भएको स्थानीय तहसंगै सरकारी संयन्त्रको व्यवस्थित कार्ययोजना र नागरिक आफु चनाखो बन्नुको अर्को बिकल्प नभएको बताए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal