शनिबार, साउन १२, २०८१

नेपालमा आज थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ

नेपालमा थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो।

विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

 

सबैभन्दा बढी सङ्क्रमण भने २१ देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ।

पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ।

अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्। बिबिसी नेपाली सेवाबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal