शनिबार, साउन १२, २०८१

एमालेका नेता एवं जिल्ला समन्वय समिती गुल्मीका सद्स्य राम मल्ल ठकुरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

लक्ष्मण सुनार, गुल्मी !
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता एवं जिल्ला समन्वय समिती गुल्मीका सद्स्य राम मल्ल ठकुरी नेपाल कम्युनिस्ट पार्टि(एकीकृत समाजवादी) मा धुर्विकृत हुनुभएको छ।
नेकपा एमाले अध्यक्ष केपि शर्मा वलिको अहंकारवाद,ब्यक्तिवाद र गुट्गत क्रियाकलापको कारण पार्टिमा बिद्रोह गर्दै माधव कुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) मा समाहित हुनुभएको हो।
राम मल्ल ठकुरी नेकपा एमालेको जिल्ला नेता र सोही पार्टिको तर्फबाट जिल्ला समन्वय समिती गुल्मीको निर्वाचित जनप्रतिनिधि पनि हुनुहुन्छ। गुल्मी जिल्लामा जनप्रतिनिधिबाट बिद्रोहको सुरुवात नेता ठकुरी बाट नै भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) केन्द्रिय सद्स्य एवं गुल्मी जिल्ला इन्चार्ज गणेश खनालले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal