शनिबार, साउन १२, २०८१

एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

केशर सुनार , प्यूठान । एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवा शाखा गौमुखि गाउँपालिकाका प्यूठानको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर गौमुखि गाउँपालिका ६ लिबाङ बुक्तिचौरमा सम्पन्न भएको हो ।

उक्त शिविरमा बाखा्र, कुखुरा, गाई, भैँसी र बंगुर लाई निःशुल्करुपमा उपचार औषधी वितरण गरिएको छ । शिविरमा जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपाको उपचार तथा औषधी निशुल्क वितरण गरिएको गौमुखि गाउपालिकाका पशु प्राबिधिक हरि खत्रीले जानकारी दिएका छन ।

शिविरमा सबै भन्दा बढि जुका, माटे, जुम्रा उपा र केहि बाख्राहरु लाई निमोनिया रोगको देखा परेको थियो । यसैगरी शिविरमा १५० भन्दा बढि घरधुरी शिविरमा पशुहरु लिएर सहभागी भएका थिए ।

निशुल्क शिविरमा बाख्र, कुखरा, गाई, भैँसी र बंगुर गरि ८ सय भन्दा बढिको निशुल्क उपचार गरिएकोे गौमुखि गाउपालिका वडा नंं. ६ का वडा सदस्य जुठे घर्तिले बताए ।
गौमुखि गाउँपालिका वडा नं. ६ को चालु आ.ब २०७८÷७९ बजेट बाट २५ हजार रुपैयामा उक्त रिबिर सञ्चालन गरिएको वडा अध्यक्ष लाल बहादुर केसीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal