शनिबार, साउन १२, २०८१

प्यूठानमा कारोनाले सय नाग्यो

अनुज पछाई, प्यूठान । कारोनाको तेसा्रे लहर सुरु भएयता प्यूठानमा दुइ हप्ताको समयअबधिभित्र कोरोनाका सक्रिय सङक्रमितको सख्या सय बढी पुगेको छ ।
बुधबार प्यूठानको बिभिन्न ठाउँमा एन्टिजेन बिधिबाट गरिएको परिक्षणबाट थपिएका ३० जना संगै प्यूठानमा कारोनाका सक्रिय सङक्रमित को सङख्या १२० पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
गत पुस २५ गते सम्म प्यूठानमा कारोनाका सङक्रमित सून्य रहेकोमा आजभोली औसतमा दैनिक ३० जनामा कारोना सङक्रमण देखिन थालिएको स्वास्थ्य कार्यालय प्यूठानका कोभिड १९ फेकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
बुधबार थपिएका ३० जना संगै प्यूठानमा हालसम्म ४ हजार ८२ मा कारोना सङक्रमण पुष्टि भइसकेको छ । त्यस्तै बुधबार ५ जनारोग मुक्त भएसंगै ३ हजार ८८५ जनाले रोग जितेका छन । प्यूठान जिल्ला भित्रमात्र हालसम्म ७७ जनाको कारोनाकै कारण ज्यान गएको छ ।
त्यस्तै पछिल्लो समयमा संक्रमित हुनेहरूमा घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, शरीर दुख्ने, नाक बन्द हुने कहिले पानी बग्ने ,पखाला लाग्ने, टाउको दुख्ने , रिङ्गटा लाग्ने जस्ता लक्षणहरू देखिएकाले कुनै पनि नागरिकलाई त्यस्तो लक्षण देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडकाले आग्रह गरेका छन् ।
साथै उनले संक्रमित ब्यक्तिहरू करिब एक हप्ता सम्म लक्षण नहट्दासम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै कुनै पनि स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीहरूसँग परामर्श गरी अस्पताल जान समेत आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal