शनिबार, साउन १२, २०८१

माैसम खराबीका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडाैं ।माैसम खराबीका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार भिजिबिलिटीका कारण बिहान सबै उडानहरू समयमा हुन सकेका छैनन् ।

नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ । जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।

‘भर्खरै धनगढी र नेपालगञ्ज विमानस्थल खुलेको छ । पूर्वका विमानस्थलहरूमा उडान हुन सकेका छैनन्,’ गुरागाइँले भने । यता कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू कम हुन थालेको पनि उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal