शनिबार, साउन १२, २०८१

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीमा दिपेन्द्र सुनार चयन

अर्घाखाँची  जनपक्षीय पत्रकारहरुको साझा सस्था क्रान्तिकारी पत्रकार महासंघको  अर्घाखाची जिल्ला समिति  गठन गरिएको छ । मालारानी गाउपालिका – ६  मा आयोजना गरिएको जिल्ला भेलाले दिपेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय जिल्ला समिति गठन भएको हो । समिती सदस्यहरुमा भगवता अधिकारी ; दिपक थापा; अनिता झाक्री मगर ; निर्मला खनाल र केशब खनाल रहनुभएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव भुपेन्द न्यौपाने ; जिल्ला इन्चार्ज टिकाराम पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा पार्टी जिल्ला सचिब टकमान राउत ; नव बहादुर घम ; अखिल क्रान्तिकारीका प्रदेश सदस्य  मनोज थापा; देजमो जिल्ला अध्यक्ष अशोक थापालगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal