शनिबार, साउन १२, २०८१

जिल्ला प्रशासन कार्यालय गुल्मिमा अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन

अनिल खत्री
१० माघ, गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको जनाएको छ ।


प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यक सेवा अन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । कार्यालयमा सेवाग्राहीहरुको भिंडभाड़ उच्च रहेको र कोभिड १९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाई छ ।
प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारी सहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेलले बताए । प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्रहीको चाप वढदै गएको छ ।
नागरिता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भिडभाड उत्तिकै हुदै आएको छ । प्रशासनमा संक्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ ।
अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले यस पूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु हुन अनुरोध समेत गरिएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानु दिन बढदै गएको छ । हाल जिल्लामा २८८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal