शनिबार, साउन १२, २०८१

कपिलवस्तुको विजयनगर ७मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका– ७ को भेला सम्पन्न भएको छ । सोमबार झुलनियामा दोस्रो वडा भेला सम्पन्न भएको हो ।

भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य केरसिंह अदै र जातीय समता समाजका पूर्वकेन्द्रीय अध्यक्ष दिलबहादुर विकले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुले देशको राजनीतिक अवस्था, राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम, स्थानीय निर्वाचन सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

भेलाले राम समारे धोबीको अध्यक्षतामा ६ सल्लाहकारसहित २५ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा समुद्री पासी, सचिव सुवरात्रि पठान, सहसचिव शिव विलास कोरी र कोषाध्यक्षमा मनिषा कोरी चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा सुरेश पासी, कल्लु यादव, बृजमान यादव, रामकुमार कोरी, विद्यावती कोरी, चन्द्रावती कोरी, इफ्रान् खान, उर्मिला कोरी, शिव प्रसाद कोरी, कलावती कोरी, फूलमती कोरी, कुशल कोरी रहनु भएको छ । सल्लाहकारमा सिताराम कहार, सुशीला चौहान, शुबावती कोरी, बालजी कोरी, सेतु कोरी, चीनका कोरी हुनुहुन्छ ।

निर्वाचित समितिलाई राजमो विजय नगर– १ का अध्यक्ष प्रभु यादव र जातीय समता समाज जिल्ला अध्यक्ष बालाराम सुनारले कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

भेलापछिको बैठकले राजमोको सदस्यता वितरण गर्ने, टोल समिति गठन गर्ने, स्थानीय निर्वाचनको लागि आजैदेखि तयारी गर्ने लगायत निर्णय गरेको छ ।

राजमो विजय नगरका सचिव गोविन्द परियारको सञ्चालनबाट अघि बढेको कार्यक्रममा रामसमारे धोवीको अध्यक्षता तथा मनिषा कोरीले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal