शनिबार, साउन १२, २०८१

नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै

काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार आउन नसकेको देखाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपाल गत वर्षजस्तै ११७औं स्थानमा देखिएको हो। नेपालले यो वर्ष पनि गत वर्षजस्तै १०० मा ३३ अंक पाएको हो।

ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो।

अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ।

टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो।

रिपोर्टअनुसार गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७औं स्थान) नै थियो। यस अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal