शनिबार, साउन १२, २०८१

दिवंगत पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहरी बिकास मन्त्री झाक्रीको सहयोग

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो आधा महिनाको तलब दिवंगत पत्रकार एलबी विश्वकर्माको परिवारलाई प्रदान गर्नुभएको छ ।

मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले जारी गर्नुभएको विज्ञप्ति अनुसार उहाँले आधा महिनाको तलब बराबरको रकम दिवंगत पत्रकार विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गर्नुभएको हो ।

विज्ञप्तिमा टिभी टुडेमा कार्यरत क्रियाशील पत्रकार लालबहादुर विश्वकर्माको रकमको अभावमा उपचार हुन नसकी निधन भएकोप्रति मन्त्री झाँक्रीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाए भन्दा मन्त्री झाँक्री मात्रै होईन सचिवालयको पुरै टिम स्तब्ध बनेको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्तिमा, ‘अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्य तथ्य बाहिर ल्याउन पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड रहेको छ’ भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal