शनिबार, साउन १२, २०८१

सरुमारानीको जङगलमा वेबारिसे शव फेला

अनुज पछाई, प्युठान ।
प्यूठान जिल्लामा वेबारिसे सब फेला परेका छ । सोमबार बिहान जिल्लाको सरुमारानी गाउँपालिका–२ चौध नम्वर जंगल नजिकै वेबारिसे सव फेला परेकोे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक देबीप्रसाद गैरेले जानकारी दिए । मृत भेटिएका ती पुरुषको नाम, ठेगाना तथा वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको प्रहरीले बताएको हो।
सोमबार बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शब भेटिएको स्थानमा अहिले प्रहरी पुगि घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal